२३ चैत्र २०८२, सोमबार | April 6, 2026

जिल्ला अस्पताल लमजुङमा ‘हेल्लो डाक्टर’ सेवा सुरु



लमजुङ । लमजुङलगायत छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित देखिनुको साथ स्वास्थ्य संस्थाहरुमा कोरोनाको आंशका भएका विरामी आउन थालेपछि जिल्ला अस्पताल लमजुङले ‘हेल्लो डाक्टर’ सेवा सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै संक्रमण जोखिम बढिरहको अवस्थामा अस्पतालमा कोरोनाको सम्भावित जोखिम र अन्य बिरामीको चाप बढेपछि घरमै बसेर पनि डाक्टरको परामर्श लिने व्यवस्थासहित हेल्लो डाक्टर सेवा पुन सुरु गरेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका व्यक्ति तथा कोरोना भाइरसको आशंका वा लक्षण देखा परेका व्यक्तिले स्वास्थ्य सम्बन्धी सल्लाह तथा परामर्श लिन मोवाइल नंम्बर ९८६४८९६७४५ मा फोन गर्न सक्नेछन् ।

कोरोना सँग सम्वन्धि मात्र नभई अन्य स्वास्थ्यसम्वन्धी समस्या भएका विरामीहरुले समेत उक्त नम्वरमा सम्पर्क गरी परामर्श सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

कोरोना भाइरस प्रभावित क्षेत्रबाट आएका र भाइरसको लक्षण देखा परेका नागरिकलाई अस्पतालका मेडिकल अफिसर लगायतका चिकित्सकले फोनबाटै सल्लाह सुझाव दिनुहुने हुदाँ उनीहरुले सोही अनुसार सतर्कता अपनाउन सक्ने अस्पताल प्रमुख हेमन्त श्रेष्ठले वताए । अस्पतालले यसअघि कोरोना संक्रमण जोखिमै अवस्थामा गत बैशाखमा पनि हेल्लो डक्टर सेवा सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ७ : ५१ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक