२ पुस २०८२, बुधबार | December 17, 2025

उत्तर कोरियालाई प्रतिबन्ध लगाउने अमेरिकी प्रयत्नलाई रसिया र चीनले पारे बिफल



प्योङयाङ । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रयासलाई रसिया र चीनले बिफल पारिदिएका छन् । उत्तर कोरियाले ऋंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेका बेला उमाथि राष्ट्रसंघले लगाउने प्रतिबन्धलाई रसिया र चीनले बिफल पारिदिएका हुन् । राष्ट्रसंघको सुरक्षा परिषद्को वैठकअघि अमेरिकी प्रस्तावलाई चीन र रसियाले बिफल पारिदिएको हो ।

उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरेको छ । उसले यो वर्ष मात्र चार ओटा आणविक परीक्षण गरेको थियो । उसले व्यालिस्टक मिसाइलदेखि आवाजभन्दा चाँडो मार हान्ने हाइपरसेनिक मिसाइल परीक्षण गरेको छ । देशको मिसाइल कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीमाथि हालै प्रतिबन्ध लगाएको थियो ।

उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर पश्चिमेली मुलुकहरुले बिभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् । तर, प्रतिबन्धका बाबजुद उत्तरले आफ्ना आणविक गतिविधिलाई तीव्र पार्दै आएको छ ।

उत्तरमाथि प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : १५ बजे

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग