६ श्रावण २०८३, बुधबार | July 22, 2026

घिरिङ गाउँपालिकाको आफ्नै एम्बुलेन्स



तनहुँ । पहिलो र दोस्रो लहरको कोरोना कहरमा घिरिङ गाउँपालिकालाई आफ्नै एम्बुलेन्स नहुँदाको अभाव धेरै खड्कियो । कोरोना संक्रमितलाई आइसोलेसनसम्म पुर्‍याउनलाई पनि समस्या भयो । गाउँपालिकाले भाडामा गाडी लिएर चलायो । भाडाको गाडी महंगो परेपछि गाउँपालिकाको गाडी समेत प्रयोग गरियो ।

गाउँपालिकामा भूप सैनिकले सञ्चालन गरेको एउटा मात्रै एम्बुलेन्स थियो । त्यो पनि भनेको बेलामा चढ्न नपाउने समस्या थियो पालिकावासीलाई । गाउँपालिकाले आफ्नै एम्बुलेन्सको आवश्यकता महसुस गर्दै आर्थिक वर्ष २०७८र२०७९ को नीति तथा कार्यक्रममा ‘सुत्केरी, दुर्घटनामा परेका घाइते र ७५ वर्ष उमेरमाथिका बिरामीलाई अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिनेछ’, भनेर उल्लेख गर्‍यो ।

नीति तथा कार्यक्रममा एम्बुलेन्सको व्यवस्था गरिनेछ भनेर बुँदा मात्र राखेन गाउँपालिकाले १५ लाख रुपैयाँ एम्बुलेन्स खरिद शीर्षकमा बजेट पनि छुट्यायो । सोही बजेटले गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको छ ।

भन्सार छुट गरेर १० लाख ८० हजार रुपैयाँमा खरिद गरी ल्याइएको एम्बुलेन्स घिरिङ सुनधारा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष रनबहादुर रानाले बताए । उनका अनुसार एम्बुलेन्स सञ्चालन र व्यवस्थापन स्वास्थ्य चौकी मार्फत हुनेछ ।

गाउँपालिकाको एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीले छिटो, सहज र सर्वसुलभ तरिकाले अस्पताल आउजाउ गर्न पाउने अध्यक्ष रानाले बताए । ‘गाउँपालिकामा भूपू सैनिकले चलाएको एउटा मात्रै एम्बुलेन्स थियो । बर्खाको बेला जताततै गाडी चल्न नसक्ने अवस्थामा अस्पताल जानलाई गाउँ गाउँका बिरामीलाई समस्या भएको थियो । घिरिङमा एम्बुलेन्स अति आवश्यक थियो । गाउँपालिकाले खरिद गरेर सञ्चालन गरेको छ । अब त्यो समस्या हट्छ’, उनले भने ।

७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, दुर्घटनाका घाइते र सुत्केरीलाई एम्बुलेन्सले निःशुल्क सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमालले बताए । ‘सुत्केरीको हकमा यहाँको स्वास्थ्य संस्थाबाट रिफर गरेकालाई निःशुल्क बोक्छ’, रिमालले भने ।

आँबुखैरेनी गाउँपालिकाले पनि कोरोनाको बेला अभाव खड्किएपछि एम्बुलेन्स खरिद गरेर पुसको अन्तिमदेखि सञ्चालनमा ल्याएको छ । आफ्नै एम्बुलेन्स नभएको देवघाट गाउँपालिकाको हालै सम्पन्न नवौँ गाउँ सभामार्फत गाउँपालिका अन्तर्गत रहने गरेर एम्बुलेन्स खरिद गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : ५१ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको