७ आश्विन २०८३, बुधबार | September 23, 2026

अपाङगता भएका महिला विरुद्ध हुने हिंसा र न्युनिकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न



बुटवल । नेपाल अपाङग महिला संघ नेपालको आयोजनामा अपाङगता भएका महिला विरुद्ध हुने हिंसा र न्युनिकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम बुटवलमा सम्पन्न भएको छ । अपाङगता भएका महिला नेतृत्व र सरोकारवालाका लागि आयोजना गरिएको तालिम गत माघ २ गते देखि सुरु भएको हो ।

उक्त प्रशिक्षण तालिमको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले समापन गरिन । सो अवसरमा बोल्दै उनले अपाङगता भएकाहरुलाई आफुले निरन्तर सहयोग गरेको बताउँदै समय अनुकुल बजेटको समेत व्यवस्था गरिएको बताइन ।

उनले अपाङगता भएका महिलाहरुमा हुने हिंसा न्यूनिकरणका लागि सवैको पहल र सहयोग हुनुपर्ने बताइन । कपिलबस्तु, रुपन्देही, अर्घाखाँची र दाङ जिल्लाका १२ पालिकाका नगरप्रमुख तथा उपाध्यक्ष गरी २५ जना सहभागि भएको तालिममा अपाङगता भएका महिला विरुद्ध हुने हिंसा र न्युनिकरणका उपायबारे विभिन्न कार्यपत्र प्रस्तुत भएका थिए ।

नेपाल अपाङग महिला संघ नेपालकी अध्यक्ष टिका दाहालले अपाङगता भएका महिला विरुद्ध हुने हिंसा बारे कार्यपत्र प्रस्तुत गरेकी थिइन । त्यस्तै महासचिव मिना पौडेलले हिंसाका क्षेत्र र जोखिम न्यूनिकरण बारे कार्यक्रममा सहभागिलाई प्रशिक्षण दिएकी थिइन ।

त्यस्तै महिला, बालबालिका तथा परिबार कल्याण मन्त्रालयकी शारदा बस्याल, कदम नेपालकी ईन्दीरा आचार्य, मानव अधिकार आयोग बुटवल कार्यालयका उप सचिव सन्तोष आचार्य, अपाङगता महिला संघ रुपन्देही जिल्ला अध्यक्ष कल्पना ढकाल, प्रदेश फोकल पर्सन पार्वती न्यौपाने लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ४५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई