२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

यातायातमन्त्री रेणुकुमारी यादवलाई मानवअधिकार आयोगको निर्देशन : हिंसात्मक अभिव्यक्ति नदिनू



काठमाडौं . राष्ट्रिय मानवअधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई हिंसा बढाउने र सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिन निर्देशन दिएको छ । बिहीबार आयोगले यादवलाई कार्यालयमा बोलाएर सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिन निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘आयोगका माननीय अध्यक्ष तथा सदस्यहरूले राज्यको मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्याउन मन्त्री यादवलाई निर्देशन दिनुभयो।’

माघ ५ गते रौतहटको गौरमा आयोजना गरिएको सभामा भौतिक पूर्वाधारमन्त्री यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी थिइन् ।मन्त्री यादवले दिएको अभिव्यक्तिबारे छलफल गर्नका लागि आयोगले केन्द्रीय कार्यालयमा बोलाएको थियो । त्यसपछि आयोगका पदाधिकारीले त्यस्तो खालका अभिव्यक्ति नदोहोर्‍याउन निर्देशन दिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : १२ बजे

लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको स्वस्थ्य शिशु प्रतियोगिता

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ्य शिशु

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको ‘घेवा’मा सहभागी

बेत्रावती । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र

आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जरिवाना

काठमाडौं । आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको