६ श्रावण २०८१, आइतबार | July 21, 2024

सुनाकोठीस्थित बाललकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानो मूर्ति चोरी



ललितपुर । ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राती बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो ।

बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन् । उनले भने, मूर्ति चाही पित्तलको हो । तर हाम्रा जिजुबराजुको पालाको ।’ केही गहना भने लकर राख्ने गरिएको उनले बताए । मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको महर्जनको भनाइ छ ।

उनका अनुसार करिब २० वर्षअघि यो मूर्ति कुर्न स्थानीय राति मन्दिरमा सुत्ने गर्दथे । समस्या आएपछि त्याहा मूर्ति कुर्न पनि छोडिएको थियो ।
बालकुमारी चौरमासमेत बालकुमारी मन्दिर रहेको छ । यस मन्दिरलाई पिठ मानिन्छ । पिठ मन्दिरलाई आमा मानिन्छ भने सुनाकोठी बजार क्षेत्रमा रहेको मन्दिरलाई छोरी मानिन्छ ।

हरेक वर्ष मंसिर र वैशासमा यस मन्दिरमा जात्रा लाग्ने गर्छ । डिएसपी कार्कीले प्रहरीले घटनास्थल पुगेर घटना विवरण लिए लगत्तै अनुसन्धान सुरु गरिएको बताए ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ५९ बजे

नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवद्र्धनमा सम्झौता

काठमाडौं । पर्वतीय पर्यटन प्रवद्र्धन प्रयोजनार्थ नेपाल र चीनका दुई

महिला एशिया कपमा भारतको लगातार दोस्रो जित

काठमाडौं । जारी महिला एशिया कपमा भारतले लगातार दोस्रो जित

बागमतीमा नयाँ सरकार गठनको आव्हान

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ

विद्युत नियमन आयोगले भन्यो : काटिएको उद्योगीहरुको लाईन तत्काल जोड

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले दिएको ठाडो निर्देशन विद्युत प्राधिकरण

बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको कुरा आयो : वर्षमान पुन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले