२८ आश्विन २०८३, बुधबार | October 14, 2026

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो



काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बुधबार बुलेटिन जारी गर्दै असोज २८ गते (१४ अक्टोबर २०२६) देखि मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।

महाशाखाका अनुसार यस वर्षको मनसुन बहिर्गमन असोज १७ गते ९३ अक्टोबर० देखि सुरु भएको थियो। उक्त दिन सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका केही स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो।

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ हो। तर, यस वर्ष औसत मितिभन्दा १२ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ।

मनसुन बाहिरिए पनि मौसममा परिवर्तन हुन सक्ने

नेपालबाट मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव कायम रहन सक्ने महाशाखाले जनाएको छ। त्यसैले मनसुन बाहिरिएको आधारमा मात्रै मौसम पूर्ण रूपमा सफा रहने निष्कर्ष निकाल्न नमिल्ने विभागको भनाइ छ।

महाशाखाले पछिल्लो मौसमी अवस्थाबारे नियमित सूचना लिन तथा मौसमसम्बन्धी जानकारीका लागि विभागका आधिकारिक सूचनामा ध्यान दिन सर्वसाधारण र सरोकारवाला निकायलाई अनुरोध गरेको छ।

मनसुनको बहिर्गमनसँगै नेपालमा वर्षायामको अन्त्य भएको संकेत मिले पनि स्थानीय वायुमण्डलीय प्रणाली र पश्चिमी वायुका कारण आगामी दिनमा मौसममा उतारचढाव आउन सक्ने देखिन्छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ३ : १७ बजे

दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने

काठमाडौं । भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

मणिमुकुन्द सेन उद्यानको नयाँ कार्यसमितिको पदस्थापन

बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको छैटौँ अधिवेशनबाट निर्वाचित

पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

पोखरा । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको

फेरियो ९ वर्षदेखि ‘कन्तबिजोग’ खजुरा सडकको मुहार

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको