१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब, के भन्छन् सञ्चारमन्त्री ?



काठमाडौं । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले हालै प्रकाशित राजपत्रमा ‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्नु भुल भएको स्विकार गरेका छन ।

तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ नसमेटि पुरानै नक्सा राखेर राजपत्र प्रकाशित भए पछि मन्त्री साहले सच्चाउने प्रतिवद्धता जनाएका हुन् ।

‘नेपालको पुरानै नक्सा राखेर भुलवस राजपत्र प्रकाशित भएछ, अब नयाँ नक्सासहितको राजपत्र प्रकाशित गर्नेछौं,’ मन्त्री साहले खबरकुरासँग भने । उनका अनुसार प्रावधिक कारणले मात्रै उक्त राजपत्रमा पुरानो नक्सा पर्न गएको हो ।

सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटेर नयाँ नक्सा पारित गरी नेपाल सरकारको लोगो नयाँ निमार्ण गरेको दुई बर्ष नाघेको अवस्था हुदाँ हुदैँ माघ ३ देखी लागु हुने गरी हिजो सार्वजनिक राजपत्रमा भने मधेस प्रदेशले पुरानै नक्साको निशान चिन्हसहित राजपत्र प्रकाशित गरेको थियो ।

प्रदेश २ लाई मधेस प्रदेश नामाकरण गरिएको बिषय जानकारी दिन जारी राजपत्रमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको ‘नेपालको चुच्चे नक्सा’ नअटेको हो । मधेस प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त राजपत्रमा चुच्चे नक्सा नदेखिएपछि सार्वजनिक चासो बढेको थियो ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : १० बजे

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ

पोखरा । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले