१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बिजबजारको आधिकारिक बिजनेश पार्टनर बन्यो ‘साइन्टिफिक विजनेश हव’



काठमाडौं । हालै बजारमा आएको बिजबजार ई कमर्स प्लेटफर्मका लागि बागमती प्रदेशको आधिकारिक बिजनेश पार्टनरमा साइन्टिफिक विजनेश हव प्राली नियुक्त भएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा बिजबजार र साइन्टिफिक विजनेश हव प्रा.लि. बीच हालै हस्ताक्षर भएको छ । साइन्टिफिक विजनेश हव प्रालीले बिजबजारका लागि काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लामा आधिकारिक बिजनेश पार्टनर भएर काम गर्नेछ ।

उक्त सम्झौता पत्रमा बिजबजारका तर्फबाट फ्रेन्चाइज डिस्ट्रिब्यूशन अफिसर चिन्तामणि शर्मा र साइन्टिफिक विजनेश हवका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले हस्ताक्षर गरेका छन् ।

बिजबजार इकमर्स प्लेट फर्म ‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नाराका साथ हालसालै मात्र सञ्चालनमा आएको ईकमर्स प्लेटफर्म हो ।

ईकमर्स क्षेत्रमा साइन्टिफिक विजनेश हव प्रालीले बिजबजारको व्यापार विस्तार तथा व्यापारिक रणनीतिक साझेदारको रूपमा काम गर्ने छ । बिजबजारले देशका ७७ वटै जिल्लाहरूबाट आफ्नो सेवा प्रवाह गर्ने उद्देश्यका साथ सातै प्रदेशमा आफ्ना आधिकारिक बिजनेश पार्टनरहरु नियुक्त गरिसकेको छ ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १० : १४ बजे

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश