६ बैशाख २०८१, बिहिबार | April 18, 2024

बाघ सर्वेक्षण : सातवटा हात्तीसहित गएका प्राविधिकले चितवनमा सकाए, अबको गणना पर्सातर्फ



काठमाडौं । १२ वर्षअघि नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष सन् २०२२ मा बाघ संख्या दोब्बर अर्थात २५० पुर्‍याउने प्रतिबद्धतासहितको लक्ष्य हासिल गर्नका लागि जारी बाघ गणनाको एउटा ब्लकमा काम सम्पन्न गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा बाघको सर्वेक्षण सम्पन्न गरेपछि सर्वेक्षण टोली माघ मसान्तभित्रै सर्वेक्षण सम्पन्न गर्ने उद्देश्यसहित पर्सा राष्ट्रिय निकुञ्जको ब्लकमा गणनाको काम सुरु गरेका छन् । राष्ट्रिय बाघ सर्वेक्षण गत १९ मंसिरदेखि सुरु भएको हो ।

सन् २०१० मा रसियाका सेन्ट पिटसबर्गमा भएकोे बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ मा संख्या दोब्बर अर्थात २५० पुर्‍याउने प्रतिबद्धता जनाएको नेपालले सो संख्या बराबर बाघको वृद्धि भए नभएको यो सर्वेक्षणले देखाउनेछ ।

नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष सो प्रतिबद्धता जनाएको एक वर्ष अघि अर्थात् सन् २००९ मा नेपालमा बाघ संख्या १२१ मात्र थियो । नेपालले सो प्रतिबद्धता जनाएपछि दुई पटक बाघको गणना गरिसकेको छ ।
जसअनुसार सन् २०१३ मा गणना गर्दा बाघको संख्यामा वृद्धि भई १९८ संख्या पुगेको थियो भने सन् २०१८ मा थप वृद्धि भई २३५ बाघ नेपालमा रहेको सर्वेक्षणमार्फत सार्वजनिक गरिएको थियो ।

सन् २०१० मा नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धताअनुसार तथा सन् २०१८ को बाघ सर्वेक्षणलाई आधार मान्दा घोषित लक्ष्यमा पुग्नका लागि यस सर्वेक्षणमार्फत नेपाललाई अब कम्तिमा १५ वटा बाघको संख्या वृद्धि भएको तथ्यांक आवाश्यक छ ।

माघ मसान्तभित्र चितवन र पर्सामा बाघ सर्वेक्षण सम्पन्न गरेपछि बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँट–लालझडी कम्प्लेक्समा बाघको सर्बेक्षण हुने सूचना अधिकारी बेदकुमार ढकालले जानकारी दिए ।

‘बाघ सर्वेक्षण गर्दा चितवन–पर्सा कम्प्लेक्सलाई तीनवटा ब्लकमा, बाँके बर्दिया कम्प्लेक्सलाई चारवटा ब्लकमा र शुक्लाफाँट–लालझडी कम्प्लेक्सलाई एउटा ब्लकमा विभाजन गरिएको छ,’ सूचना अधिकारी ढकालले भने ।

चितवन–पर्सा कम्पलेक्समा बाघ गणना गर्नका लागि सातवटा हात्तीसहित १६० प्राविधिक परिचालन भएका छन् भने बाँके–बर्दिया तथा शुक्लाफाँट–लालझन्डी कम्प्लेक्समा तीन तीनवटा हात्ती प्रयोग गरिँदै छ ।

चितवन क्षेत्रको गणना सकिएपछि प्राविधिक टोलीले माघको पहिलो साताबाट पर्सा जिल्लाकोे प्रतापपुरबाहेकका बाँकी सबै क्षेत्र अर्थात् पर्सा, बारा र रौतहटसम्मको क्षेत्रमा बाघ गणना गर्नेछ ।

रौतहटको चन्द्रनिगाहपुरको जंगलसम्म बाघ देखिएको र बाघले आफ्नो क्षेत्रफल फैलाउँदै गएपछि त्योभन्दा अझ टाढा बागमती नदीको पश्चिम क्षेत्रसम्म बाघको सर्बेक्षण गरिनेछ ।

नेपाल सरकार, विश्व वन्यजन्तु कोष र जेएसएल नेपालको आर्थिक र प्राविधिक सहयोगमा करिब तीन करोड ७० लाख खर्च हुने अनुमानसहित गत १९ मंसिरबाट बाघ गणना सुरु भएको सूचना अधिकारी ढकालले जानकारी दिए ।

चितवन, पर्सा, बाँके, बर्दिया, शुक्लाफाँट र लालझन्डीमा बाघको गणना सकिएपछि त्यसको अन्तिम निष्कर्ष भने विश्व बाघ दिवस अर्थात २९ जुलाईमा सार्वजनिक गरिनेछ । सन २०१८ मा चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १२ : २० बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी