१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

भक्तपुरमा आगो तापेर सुत्दा निसासिएर शिशुको मृत्यु



भक्तपुर । कोठाभित्र आगो तापेर सुत्दा भक्तपुरमा आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् ।

सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

जाडो बढेपछि शनिबार बेलुका खाना खाएर आगो बलिरहेको कोइला कोठामै राखेर सुतेकामा बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय र प्रहरीले ढोका फुटाएर अचेत अवस्थामा तीन जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगेको उनले बताए ।

शिशुको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको र अभिषेक तथा उनकी श्रीमती २८ वर्षीया पसुना तामाङको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले बताएको उनले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक रेग्मीले भने, “गाउँको घर जस्तो होइन, सहरका घरमा ढोका र झ्याल लगाएपछि बाहिरबाट हावा ओहोर दोहोर गर्ने ठाउँ नै हुँदैन, यस्तो अवस्थामा आगो तापेर कोठामा सुत्दा अक्सिजन सकिएर स्वास फेर्न नसकेर ज्यान जान्छ, यस्तो मामिलामा सबैले सचेत भएर कोठाभित्र रातभरि आगो र हिटर बालेर सुत्नु हुँदैन, यो घटना पनि यसैको परिणाम हो ।”

त्यसैगरी आजै चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीस्थित रमेश बुढाथोकीको जस्ताको टहरामा झुण्डिएको अवस्थामा एक पूर्वसैनिकको शव फेला परेको छ ।

सोलुखुम्बु लिखुपिके गाउँपालिका घर भई हाल दुवाकोटमा बस्दै आएका ३५ वर्षीय मोहन बस्नेतको झुण्डिएको अवस्थामा शव फेला परेको हो । प्रहरीले अनुसन्धान टोली बनाएर दुवै घटनाको अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ४ : २८ बजे

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर

वर्षायाममा किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौँ । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना