१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बुटवल उपमहानगरकाका प्रमुख सुवेदीद्धारा आम्दा अस्पताल निरिक्षण, शिशु र आमा लक्षित कोभिड वार्डमा उपकरण थप गरिने



बुटवल । बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले सिद्धार्थ बाल तथा महिला अस्पतालमा सञ्चालन गर्न लागिएको आमा सुरक्षा कार्यक्रमको तयारी तथा सेवा प्रवाहका बारेमा जानकारी लिनुका साथै कोभिड वार्डको निरिक्षण गरेका छन ।

कोभिड महामारीको संक्रमण फेरि बढ्दै गएको र बालबालिकाका लागि खोपको समेत अझै प्रबन्ध नभइसकेको अवस्थामा अस्पतालको सेवा प्रवाह र कोभिड उपचार वार्डको अवस्थाका बारेमा प्रमुख सुवेदीले जानकारी लिएका हुन ।

उक्त अस्पतालमा संक्रमित हुने शिशु र तिनका आमालाई लक्षित गरेर अलग्गै कोभिड उपचार वार्डको व्यवस्था गरिएको छ । सोही वार्डको अवस्था र सेवा प्रवाहका बारेमा प्रमुखले जानकारी लिनुका साथै सेवाप्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन । उपमहानगरको ५० लाख आर्थिक सहयोगमा आम्दा अस्पतालमा निर्माण भएको नयाँ तला, १० लाख रुपैयाँ बराबरको सहयोगमा बनेको अक्सिजन पाइपलाइन कक्षको निरिक्षण गर्दै निरन्तर निगरानी गरेर सेवाप्रवाह सञ्चालन गर्न आग्रह गरेका थिए ।

हाल अस्पताल परिसरमा उपमहानगरको करिब १२ लाखको आर्थिक सहयोगमा अस्पताल परिसरमा लकटायलसहितको सडक स्तरोन्नित भइरहेको छ । यी सबै कामको अवस्थाका बारेमा जानकारी लिंदै प्रमुख सुवेदीले गुणस्तरीय सेवा प्रवाह र प्रभवकारी सञ्चालनमा ध्यान दिन आग्रह गरे । अस्पतालमा सञ्चालित कोभिड वार्डका लागि आवश्यक उपकरण खरिद गर्न उपमहानगरले थप १० लाख रुपैयाँ विनियोजन गरिसकेको प्रमुख सुवेदीले जानकारी गराए । उपमहानगरपालिकाको बजेट सहयोगमा आम्दामा भौतिक पूर्वाधार र उपकरण थप गर्ने काम समेत चलिरहेको छ ।

सो अवसरमा निमित्त मेसु हिमकुमार श्रेष्ठ, कोभिड वार्डका संयोजक डा।अरुण पोखरेल, डा।सुन्दर न्यौपानेले सेवाप्रवाह र कतिपय समस्याका बारेमा पनि प्रमुख सुवेदीलाई जानकारी गराएको प्रशासकीय अधिकृत ज्ञानेन्द्र शर्माले जानकारी दिए । डाक्टरहरुले अस्पतालका विभिन्न पक्षका बारेमा प्रमुख सुवेदीसंग छलफल गरेका थिए । अस्पतालका चिकित्सकहरु, व्यवस्थापनको क्षेत्रमा रहेका कर्मचारीहरु र स्वास्थ्यकर्मीहरुले अस्पतालको सेवा प्रवाह तथा समस्याका बारेमा जानकारी गराइएको अधिकृत शर्माले बताए ।

उक्त अस्पतालको स्तरोन्नित गर्दै सिटी अस्पतालका रुपमा विकास गर्ने लक्ष्यसहित उपमहानगरले नगर गुरुयोजनामा समावेश गरेको छ । अस्पतालको सेवा प्रवाह स्तरीय र प्रभावकारी बनाउने साथै भौतिक पूर्वाधार विकासका कामलाई पनि संगसंगै अगाडि बढाइएको छ । करिब १० हजार जापानी नागरिकहरुको सहयोगबाट १९९८ देखि अस्पताल सुरु भएको थियो । बुटवल उपहानगरको करिब १० विगाहा क्षेत्रफलमा सञ्चालित र एक सय बेडको स्वीकृती पाएको अस्पतालमा बाल रोग बहिरंग तथा अन्तरंग सेवा, बाल शल्यक्रिया सेवा प्रवाह भइरेहेका छ ।

यस्तै स्त्रीरोग शल्यक्रिया, प्रसुति सेवा, आकस्मिक सेवा, नवजात शिशुको लागि सघन उपचार सेवा, खोप सेवा, एम्बुलेन्स सेवा, कम्प्युटराइज एक्सरे तथा अल्ट्रासाउण्ड सेजा, प्रयोगशाला सेवा, डेल्टा, सीएसी सर्भिस र आइसीयूलगायतको सेवा प्रवाह भइरहेको निमित्त मेसु हिम कुमार श्रेष्ठले जानकारी दिए । अस्पताल परिसरमै हेलिप्याड निर्माणको समेत तयारी भइरहेको छ । हेलिप्याड राख्ने स्थलको प्रमुख सुवेदीसहित डाक्टरहरुले निरिक्षण गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ५ : ५९ बजे

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर