१२ बैशाख २०८३, शनिबार | April 26, 2026

प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीलाई कार्यालयमै बोलाएर भने -‘विकासको काम स्थगित गरेर भएपनि नागरिकको जीवन रक्षा गर्नुस्’



बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारका मुख्यमन्त्री सहित सरोकारवाला मन्त्रीहरुलाई बोलाएर कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा चासो व्यक्त गरेका छन् । कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री सहित विषयगत मन्त्रीहरुलाई प्रदेश प्रमुख कार्यालय बोलाएर माहामारी रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयासप्रति चासो देखाएका हुन्।

प्रदेश प्रमुख शेरचनले आइतबार मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख, प्रदेशका मन्त्रीहरु, स्वास्थ्य मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख सहित रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालयमा बोलाएर कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका व्यवस्थामा भइरहेका प्रयासबारे चासो व्यक्त गरे ।

मुख्यमन्त्री सहित सरकारी उच्च अधिकारीहरुलाई प्रदेश प्रमुख शेरचनले पर्याप्त मात्रामा पीसीआर परीक्षण नभएको, सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टिन सञ्चालन हुन नसकेको विषयमा प्रश्न गरेका थिए । उनले जनस्तरबाट आएको गुनासोहरु आफुले जानकारी पाएको बताउँदै तत्काल तीनै तहका सरकार मिलेर कोरोना नियन्त्रण तथा बिरामीको उपचारमा लाग्न मुख्यमन्त्री केसी मार्फत सरकारी अधिकारीहरुलाई सुझाब दिएका थिए।

सो अवसरमा बोल्दै प्रदेश प्रमुख शेरचनले सबै तहका सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा नै भएको बताउँदै विकास निर्माणका कामहरु स्थगित गरेर भए पनि नागरिकको जीवन रक्षा गर्न ध्यान दिन आग्रह गरेका थिए ।

मुख्यमन्त्री केसीले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि प्रदेशका मन्त्रीहरुको संयोजकत्वमा अनुगमन समिति बनाएर अनुगमनमा जोड दिइएको प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।

उनले केन्द्र सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही, कपिलबस्तु र बाँकेमा गरी ३ वटा होल्डिङ्ग सेन्टर निर्माणको काम भइरहेको र बनिसकेका सेन्टर सञ्चालन गर्ने तयारी गरिएको बताएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : ४० बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा