६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

ललितपुर महानगरपालिकामा आजदेखि पाँच दिनका लागि अत्यावश्यकबाहेकका सेवा बन्द



काठमाडौं । ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ । आइतबार महानगरपालिकाले सूचना जारी गर्दै कोरोना संक्रमण तीव्र बनेपछि पाँच दिनका लागि महानगरका सबै सेवा बन्द भएको जानकारी गराएको हो ।

महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई संक्रमण पुष्टि भएपछि आजबाट पाँच दिनका लागि महानगरपालिका बन्द भएको हो ।

महानगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

‘धेरै कर्मचारीलाई सङ्क्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले सोमबारदेखि शुक्रवारसम्म महानगरपालिका बन्द रहनेछ,’ सार्वजनिक सूचनामा भनिएको छ, ‘महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगर प्रहरीले दिने सेवा भने सञ्चालन हुनेछन् ।’

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ८ : ३३ बजे

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक

काठमाडौ । लाजिम्पाटस्थित होटल ले हिमालयको रहेको पान–एशियन फाइन डाइनिङ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज । बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय

पशुपतिनाथ मन्दिरमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमाडौं । महाशिवरात्री पर्वको सुरक्षाका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा खटिएका

नेपाली कांग्रेसको ‘प्रतिज्ञापत्र’ सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले आगामी प्रतिनिधिसभा