४ पुस २०८२, शुक्रबार | December 19, 2025

हिमपातले उपल्लो डोल्पामा पशु पाल्नै मुस्किल



जाजरकोट । भारी हिमपातका कारण उपल्लो डोल्पामा पशुपालन व्यवसायमा समस्या भएकाे छ । लगातारकाे हिपातले बाख्रा, चौँरीगाई, भेँडा, जुमा, झोपा, घोडा र लुलुगाईलाई आहारा खुवाउनसमेत मुस्किल भएको हो ।

बाटो हिउँले पुरिएपछि चरिचरन क्षेत्रमा लैजान सकिएकाे छैन । पाटन क्षेत्र हिउँले ढाक्दा पशुलाई आहारा खुवाउन समस्या भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुण्डुप गुरुङले बताए । उवा र गहुँको पराल पर्याप्त नहुँदा झन समस्या परेकाे छ ।

स्थानीय आफैँले खानाका लागि अन्न पर्याप्त नभएको समयमा पशुलाई कसरी दिनु अध्यक्ष गुरुङले भने,‘१५ हजार रुपैयाँ तिर्दासम्म पनि १ क्वीन्टल चालम पाइँदैन , अन्य अन्नको कुरा छोड्नु न ?’

उनले अहिले हिउँले घाँस ढाकिएकाले पशुको पेट भर्न नसकिएको बताए । लगातारको हिमपातका कारण पशु व्यवसाय संकटमा परेको तिन्जेका स्थानीयबासी सोनाम मिङगजम गुरुङले बताए ।

उनले हिउँले घाँस पुरिएपछि मानिसका लागि साँचिएको आहारा पनि कुँडाे बनाएर पशुभाउलाई खुवाउने गरिएको बताए । ‘मानिसका लागि जम्मा गरिएको अन्न अहिले पशुलाई खुवाइरहेका छौं,’ उनले भने, ‘केही दिन अझै हिउँ परिरह्यो भने चौपाया भोकभोकै मर्नुपर्ने अवस्था आउँछ।’

उपल्लो डोल्पामा अन्न कम उत्पादन हुन्छ। भारी हिमपातका कारण उपल्लो डोल्पामा खाद्यान्न ढुवानी हुन सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई वर्षदेखि उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गरेको छैन । स्थानीय उत्पादनले समेत नपुग्ने बताउदै सिमेनका तिन्ले लुन्दुपले राज्यले उपल्लो डोल्पाका सर्वसाधारणलाइ नागरिक नै नमानेके बताए ।

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १० : १३ बजे

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो