१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा स्थगन



कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि आजदेखि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको छ ।

एक सूचना जारी गरी कोरोनाको सम्भावित जोखिम न्यूनीकरण र गर्न गाउँपालिकाबाट प्रवाह हुने सेवा माघ १० गतेदेखि १४ गतेसम्म नियमितरुपमा प्रवाह नहुने जनाएको छ ।

स्वास्थ्यसँग सम्बन्धित र आन्तरिक कामबाहेक अन्य जनसम्पर्कका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिए । उनले भने, “अत्यावश्यक काम सीमित कर्मचारीबाट पनि सुचारु गर्नेछौँ । त्यसबाहेक गाउँपालिकाबाट प्रवाह गरिने अन्य सेवा बन्द गरिएको छ ।” गाउँपालिकाले समुदायस्तरमा समेत सङ्क्रमण फैलिएको र जोखिम उच्च रहेकाले गाउँपालिकावासीलाई सरकारबाट जारी गरिएको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न र घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न अपिल गरेको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडीसहित तीन जना जनप्रतिनिधि, स्वास्थ्यकर्मी नौ जना र तीन जना कर्मचारी सङ्क्रमित भएको जानकारी दिए । गाउँपालिकामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ जना रहेका छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १० : ३२ बजे

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर