१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

अछाममा मतदाताको संख्या एक लाख ५७ हजार १७ पुग्यो



अछाम । अछाममा पुस मसान्तसम्म नयाँ र पुराना गरी एक लाख ५७ हजार १७ पुगेको छ । जसमा महिला ८० हजार ६८५ र पुरुष ७६ हजार ३ ० रहेका छन् । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार सबभन्दा बढी साँफेबगर नगरपालिकामा २२ हजार ७६ मतदाता र सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिकामा ११ हजार ९०९ छन् ।

साँफेबगर नगरपालिकामा महिला ११ हजार ४८५ र पुरुष १० हजार ५ ९० मतदाता छन् । त्यस्तै वान्नीगढी जयगढ गाउँपालिकामा महिला ६ हजार २१२ र पुरुष ६ हजार ६९७ छन् । मंगलसैन नगरपालिकामा १९ हजार ९०४ मतदाता छन् । जसमा महिला १० हजार ३०५ र पुरुष नाै हजार ५९८ छन् ।

मेल्लेख गाउँपालिका १५ हजार ४३५ मतदाता छन् । जसमा महिला सात हजार ९६६ र पुरुष सात हजार ४६९ छन् । चौरपाटी गाउँपालिमा १४ हजार ७३९ मतदाता छन् । जसमा महिला ७ हजार ९७९ र पुरुष ६ हजार ७६० छन् ।

रामारोशन गाउँपालिकामा १४ हजार ४६५ मतदाता छन् । जसमा महिला ७ हजार १८९ र पुरुष ७ हजार २७६ रहेका छन् । पन्चदेवल विनायक नगरपालिकामा १६ हजार २८६ मतदाता छन् । जसमा महिला ८ हजार ५२४ र पुरुष ७ हजार ७६२ रहेका छन् ।

कमलजवार नगरपालिकामा १४ हजार १३४ मतदाता छन् । जसमा महिला ६ हजार ९७७ र पुरुष ७ हजार १५७ रहेका छन् । तुर्माखाँद गाउँपालिकामा १५ हजार ५७५ मतादाता छन् । जसमा महिला ७ हजार ८२७ र पुरुष ७ हजार ७४७ रहेका छन् । ढकारी गाउँपालिकामा १२ हजार ४९५ रहेका छन् । जसमा महिला ६ हजार २२१ र पुरुष ६ हजार २७४ रहेका छन् ।

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १२ : १४ बजे

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल