४ पुस २०८२, शुक्रबार | December 19, 2025

अछाममा मतदाताको संख्या एक लाख ५७ हजार १७ पुग्यो



अछाम । अछाममा पुस मसान्तसम्म नयाँ र पुराना गरी एक लाख ५७ हजार १७ पुगेको छ । जसमा महिला ८० हजार ६८५ र पुरुष ७६ हजार ३ ० रहेका छन् । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार सबभन्दा बढी साँफेबगर नगरपालिकामा २२ हजार ७६ मतदाता र सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिकामा ११ हजार ९०९ छन् ।

साँफेबगर नगरपालिकामा महिला ११ हजार ४८५ र पुरुष १० हजार ५ ९० मतदाता छन् । त्यस्तै वान्नीगढी जयगढ गाउँपालिकामा महिला ६ हजार २१२ र पुरुष ६ हजार ६९७ छन् । मंगलसैन नगरपालिकामा १९ हजार ९०४ मतदाता छन् । जसमा महिला १० हजार ३०५ र पुरुष नाै हजार ५९८ छन् ।

मेल्लेख गाउँपालिका १५ हजार ४३५ मतदाता छन् । जसमा महिला सात हजार ९६६ र पुरुष सात हजार ४६९ छन् । चौरपाटी गाउँपालिमा १४ हजार ७३९ मतदाता छन् । जसमा महिला ७ हजार ९७९ र पुरुष ६ हजार ७६० छन् ।

रामारोशन गाउँपालिकामा १४ हजार ४६५ मतदाता छन् । जसमा महिला ७ हजार १८९ र पुरुष ७ हजार २७६ रहेका छन् । पन्चदेवल विनायक नगरपालिकामा १६ हजार २८६ मतदाता छन् । जसमा महिला ८ हजार ५२४ र पुरुष ७ हजार ७६२ रहेका छन् ।

कमलजवार नगरपालिकामा १४ हजार १३४ मतदाता छन् । जसमा महिला ६ हजार ९७७ र पुरुष ७ हजार १५७ रहेका छन् । तुर्माखाँद गाउँपालिकामा १५ हजार ५७५ मतादाता छन् । जसमा महिला ७ हजार ८२७ र पुरुष ७ हजार ७४७ रहेका छन् । ढकारी गाउँपालिकामा १२ हजार ४९५ रहेका छन् । जसमा महिला ६ हजार २२१ र पुरुष ६ हजार २७४ रहेका छन् ।

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १२ : १४ बजे

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो