१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

जुम्ला कारागारमा भेटघाट बन्द 



जुम्ला । कोरोना संक्रमण बढेसँगै जुम्लाको कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागारमा  प्रशासनले कोरोना सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो ।

कारागारका जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएकाले बन्द गरिएका हो । उनले भने, ‘कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष भेटघाट बन्द गरिएको हो । कारागार घेराबारदेखि बाहिर कम्तिमा १५ मिटर टाढाबाट मात्रै आफन्तहरूले भेटघाट र कुराकानी गर्न सक्ने छन् ।’

यस्तै स्थानीय प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जमघट र भेला हुन समेत रोक लगाएको छ । उनले भने, ‘जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरूसँग भेटघाटमा रोक लगाएका छौ ।’ अहिले कारगारामा १६ जना कैदीबन्दी बिरामी छन् । उनीहरूलाई ज्वरो आउने, टाउको जीउ दुख्ने लक्षण देखिएको छ । उनीहरूलाई औषधि चलाएको कारागारका अहेब महेश महतले बताए । कैदीवन्दीलाई औषधि चलाए पनि कोरोना परीक्षण भने गरिएको छैन ।

कोरोनाको पहिलो र दोस्रो लहरमा जुम्ला कारागारका कैदीबन्दी प्रभावित भएका थिए । दोस्रो लहरका यहाँ १४ जना संक्रमति भएका थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको थियो । अहिले कारागारमा एक जना महिलासहित एक सय १५ जना कैदीबन्दी छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ३ : २४ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।