१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

ओमिक्रोनबाट जुम्लामा कोही पनि गम्भीर अवस्थामा पुगेका छैनन् : स्वास्थ्यकर्मी



जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मीहरूका अनुसार कोरोना महामारीकाे तेस्राे भेरियन्ट ‌ओमिक्राेन संक्रमणकै कारण गम्भीर बनेर अस्पतालमा काेही पनि आएका छैनन् । महामारीकाे पहिलाे र दोस्रो लहरमा जस्ताे तेस्राे लहरकाे संक्रमणमा कसैले पनि ज्यान गुमाउनु परेकाे छैन ।

प्रतिष्ठानका अनुसार यसपटक धेरै बिरामी होम आइसाेलेशनमै बसेका र थाेरै मात्रामा अस्पतालमा भर्ना भएका छन् । प्रतिष्ठानका आइसाेलेशन विभाग प्रमुख सृजना महतले यसपटक अस्पतालमा भर्ना भएका बिरामीमा पनि गम्भीर समस्या नभएकाे बताइन् । गम्भीर बिरामी नभए पनि समुदायमा व्यापक रुपमा फैलिएको हुनसक्ने उनकाे अनुमान छ ।

यसपटक परीक्षण पनि कम भएको देखिन्छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार तेस्राे लहरमा मंगलबारसम्म जुम्लामा एक सय ३१ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । जसमध्ये तीन जना अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् । मंगरबारसम्म गरिएको परीक्षणमा एन्टिजन परीक्षण गर्दा थप पाँच जनामा कोरोना संक्रमण देखिएकाे थियाे । यसमध्ये ३८ जना निकाे भएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

प्रभावकारी सूचना प्रणाली

स्थानीय प्रशासनले पछिल्लो पटक सूचना प्रणालीलाई प्रभावकारी बनाएको छ । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईका अनुसार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत दैनिक कारोनाको अवस्था दैनिक अपडेट गरिरहेको अवस्था छ । यो पटकको भेरियन्टमा समुदायमा कोरोना भए पनि खासै कठिन अवस्थाका बिरामी आएका छैनन् ।

ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई भने अलि बढी असर गरेकाले उनीहरू भने अस्पतालमै उपचार गर्न आउने गरेका प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरूले पछिल्लो समय खोप अभियानलाई तीव्र पार्नुका साथै कोरोना परीक्षण गर्ने शंकास्मत व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय अगाडि हेल्पडेक्स स्थापना गरेर खोप, एन्टिजन परीक्षण तथा मास्क वितरण समेत भइरहेको छ । पछिल्लो समय १२ देखि १७ बर्षका बालबालिकालाई पनि खोप लगाउने अभियान जारी रहेको छ ।

तेस्रो भेरियन्टको कोरोनामा भने निकै कठिन विरामी आउने र धैरैले ज्यान गुमाएपछि कर्णाली प्रतिष्ठानलाई उपचारमा हम्मे हम्मे भएको थियो । प्रतिष्ठानका अनुसार कोरोनको दोस्रो भेरियन्टमा २७ जनाको निधन भएको थियो । तर, प्रतिष्ठानले सहजकता भने अपनाएको बताएको छ । आइसाेलेशन वार्डलाई फेरि सुचारू गरेको छ । यस्तै कोरोना न्यूनिकरण गर्न प्रतिष्ठानमा सोही अनुसारको जनशक्ति खटाएको जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  २ : ४४ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि