१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

जनगणनाको प्रारम्भिक नतिजा बुधवार सार्वजनिक गरिने



काठमाडौं । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको प्रारम्भिक नतिजा बुधवार सार्वजनिक गर्ने भएको छ । यस वर्ष अभियानकारुपमा संकलन गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा विभागले सार्वजनिक गर्न थालेको हो । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन भएको थियो ।

नेपालको संविधान, २०७२ जारी भएपछि मुलुकमा सय वर्ष पहिलो पटक जनगणना भएको हो । पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताएका छन् । जनगणनाको पूर्ण रिपोर्ट आउन भने केहि समय लाग्ने विभागले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ८ : ३४ बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा