४ पुस २०८२, शुक्रबार | December 19, 2025

जनगणनाको प्रारम्भिक नतिजा बुधवार सार्वजनिक गरिने



काठमाडौं । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको प्रारम्भिक नतिजा बुधवार सार्वजनिक गर्ने भएको छ । यस वर्ष अभियानकारुपमा संकलन गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा विभागले सार्वजनिक गर्न थालेको हो । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन भएको थियो ।

नेपालको संविधान, २०७२ जारी भएपछि मुलुकमा सय वर्ष पहिलो पटक जनगणना भएको हो । पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताएका छन् । जनगणनाको पूर्ण रिपोर्ट आउन भने केहि समय लाग्ने विभागले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ८ : ३४ बजे

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो