८ बैशाख २०८१, शनिबार | April 20, 2024

पार्टीमा समझदारीबाटै पदाधिकारी चयन हुन्छ : वर्षमान पुन ‘अनन्त’



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्यलाभ गरेर नेपाल फर्केका छन् । नेता अनन्त छिमेकी राष्ट्र चीनमा उपचार गरी आज राती स्वदेश फर्किएका हुन् ।

सोमबार राति त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका अनन्तले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले नयाँ जीवन पाएको बताए । उनले महाधिवेशनबाट चुनिएको अध्यक्ष प्रचण्डको नेतृत्वको नयाँ केन्द्रीय समितिले पार्टी जीवनमा पनि नयाँ जोश र जाँगर पैदा गरेको बताए ।

पार्टीमा समझदारीबाट नेतृत्व चयन हुने बताउँदै उनले समझदारी कायम गर्न सबैको योगदान रहने विश्वास समेत व्यक्त गरे । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक नेता अनन्तको आगमन कुर्दै पटकपटक सर्दै आएको छ ।

नेता अनन्तको आगमन हुने मिति तय भएपछि नै अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठक आह्वान गरेका छन् । नेता अनन्त कलेजो सम्बन्धी रोगको उपचारको सिलसिलामा थाइल्याण्ड हुँदै चीन पुगेका थिए । लामो समयको उपचार पश्चात उनी सोमबार राति कार्गो विमानमार्फत स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ०३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने