१५ बैशाख २०८१, शनिबार | April 27, 2024

देवदहको बुद्धनगर सामुदायिक वनमा २ जनाको शव फेला



बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा मंगलबार दिउँसो २ जनाको शव फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गस्थित रुपन्देहीको देवदह नगरपालिकामा पर्ने बुद्दनगर सामुदायिक वन घोडाहा ९ मा शव फेला परेको हो ।

अन्दाजी ३५ वर्षीया महिलासँगै अन्दाजी ६ वर्षको बालिका मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भास्कर चन्दले बताए ।

मधेशी मूलको जस्तो देखिने उनीहरुको शव फेला परेसँगै आवश्यक अनुसन्धान अघि बढाइएको चन्दले बताए ।
शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिए ।

शवको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए । उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बुटवल र देवदह प्रहरी चौकीबाट खटिएको टोलीले घटना बारे थप अनुसन्धानलाई अघि बढाएको छ ।

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ३ : ५७ बजे

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया