२३ असार २०८३, मंगलबार | July 8, 2026

सर्पदंश उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई सर्पदंश र कोभिड १९ को उपचारका लागि आबश्यक पर्ने उपकरणसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । फेयरमेड फाउण्डेसन नेपालको आर्थिक सहयोगमा ईन्द्रेणी ग्रामिण बिकास केन्द्र रुपन्देहीले मंगलबार २ लाख २५ हजार बराबरको स्वास्थ्य उपकरण सहितका सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।

ईन्द्रेणीका अध्यक्ष बिष्णु गौतम , कार्यकारी निर्देशक प्रदिप शाह , बित्तिय प्रशासन अधिकृत राजु शाह, परियोजना अधिकृत मिरा थापा तथा फेयरमेडका परियोजना संयोजक शशिकुमारलाल कर्ण र साझेदारी सुशासन तथा श्रोत परिचालन बिशेषज्ञ तुल्सीराम खनालले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर इन्द्र ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । स्वास्थ्य सामग्री ग्रहण गर्दै मेडिकल सुपरिटेण्डेण्ट डाक्टर ढकालले सामाजिक संघसंस्थाको सहयोगले अस्पतालको उपचार सेवा प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

लुम्विनी प्रदेशका तराईका जिल्लामा सर्पदंशका घटना बढि हुने र उपचारको लागि प्रादेशिक अस्पतालमा आउने बिरामीको लाई सहजहोस भनेर क्रास कार्ड, भेण्टिलेटर सर्किट तथा सक्सन मेसिन सहितका उपकरण प्रदान गरिएको फेयरमेडका परियोजना संयोजक शशिकुमारलाल कर्णले बताए । रुपन्देहीका १६ बटै पालिकामा इन्द्रेणीले फेयरमेडको सहयोगमा आधारभूत स्वास्थ्य परियोजनाको कार्यन्वयन गरिरहेकोछ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : ४१ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको