३० चैत्र २०८२, सोमबार | April 14, 2026

रुसले युक्रेनमा अतिक्रमण गरे पुटिनमाथि प्रतिबन्धः जोन बाइडेन



एजेन्सी । अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो परिणाम हुने पनि बाइडेनले बताएका छन् ।

रसियाले युक्रेनमा अतिक्रमण गरे मस्कोले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला बाइडेनको भनाई सार्वजनिक भएको हो ।

उता युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारहरुले तनाब बढाएको रसियाले आरोप लगाएको छ । त्यस्तै, युक्रेनामथि अतिक्रमण गर्ने आफ्नो कुनै नीति नभएको पनि रसियाको भनाई छ । तर, यक्रेनसँगको सीमामा मस्कोले क्याम्पहरु खडा गरेर झन्डै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

अमेरिकाले पुटिनलाई व्यक्नितग रुपमा प्रतिबन्ध लगाउछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा बाइडेनले भने, ‘ हो, यसबारे मैलै सोचिरहेको छ ।’

युक्रेनको सीमामा रुसी कदमको अर्थ विश्वव्यापी रुपमा डरलाग्दो परिणाम हुने बाइडेनको भनाई थियो । पूर्वी युरोपमा नेटो फौजको उपस्थिति तीव्र पार्न आफू बाध्य हुने पनि बाइडेनले बताए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : ५८ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका