८ चैत्र २०८२, आइतबार | March 23, 2026

राष्ट्रिय सभा निर्वाचन : मतदान जारी रहेका बेला जनकपुरधाममा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप



जनकपुरधाम । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि देशभर मतदान भइरहेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । तर, जनकपुरधाममा भने मतदान भइरहेका बेला सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

यो समाचार तयार पार्दासम्म ३७२ मतदाता रहेका मधेश प्रदेशको जनकपुरधाममा भएको मतदानमा १०८ जनाले मतदान गरिसकेका छन् । महेन्द्रनारायण निधि भवनमा मतदान भइरहेको छ ।

तर, मतदान स्थलमा जनमत पार्टीका कार्यकर्ताहरु प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको छ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : ३७ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय