२३ चैत्र २०८२, सोमबार | April 6, 2026

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा एमालेका गुरु बराल अभागी, गोलाप्रथाबाट कांग्रेसका गोपाल बस्नेत विजयी



विराटनगर । राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाट नेपाली कांग्रेसका गोपाल बस्नेत विजयी भएका छन् ।

बस्नेत अन्यतर्फको सदस्यमानिर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला थुत्दा बस्नेतलाई चिठ्ठा परेको हो ।

बस्नेत र बरालले बराबर ४४८८ मत प्राप्त गरेका थिए । त्यसपछि निर्वाचन कार्यालयले गोला प्रथाद्वारा बस्नेत विजयी भएको घोषणा गरेको थियो । बस्नेतले प्रदेशसभाबाट ५० र स्थानीय तहबाट ११६ मत प्राप्त गरका थिए । यस्तै बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए ।

प्रदेश १ बाट महिलातर्फ एकीकृत समाजबादी जयन्ती राई र अल्पंसंख्यकतर्फ एमालेका सोनाम ग्यालजेन शेर्पा विजयी भएका छन् ।

राप्रपाका उम्मेदवार अमरबहादुर थापाले प्रदेशबाट २ र स्थानीय तहबाट ४ मतसहित १६८ मतभार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ६ : २८ बजे

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते

नेपालगन्ज–गुलरिया सडकको पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो

नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु