११ कार्तिक २०८३, बुधबार | October 28, 2026

नयाँ संसद् आउँदा तयार होला त भवन ?



काठमाडौं । संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच बर्से कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रयोग गरिँदै आएको छ ।

व्यवस्थापिका राज्यको एउटा अभिन्न अङ्गको रूपमा संविधानले व्यवस्था गरेकाले अब संसद्को स्थायी संरचना आवश्यकता देखिन्छ । संसद् सचिवालय सिंहदरबारमा रहेकाले संसद् बैठकको दिन कर्मचारीलाई कागजपत्र ओसार्ने झन्झट हुँदै आएको छ ।

संसद् बैठक सकिएपछि नयाँ बानेश्वरको भवनलाई तालाचाबी लगाएर कर्मचारी फेरि सिंहदरबारमै फर्किने गर्छन् । यस्तो अवस्थाले कति दिन चल्ने भन्ने बहस भएपछि २०७६ देखि नयाँ संसद् भवन बनाउने निर्माणको ठेक्का दिइएको थियो ।

२०७६ असोजमा संसद् भएको शिलान्यास भएको थियो । ठेक्का बमोजिम सिंहदरबारको पुतली बगैँचामा दुई वर्षदेखि संसद्को आफ्नो भवन बनाउने क्रम जारी छ ।

तीन वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको नयाँ भवन निर्माणको हालसम्मको भौतिक प्रगतिको गति सन्तोषजनक नदेखिएको संसद्को विकास तथा प्रविधि समितिले बताएको थियो । आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ८ : ०१ बजे

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका