३ पुस २०८२, बिहिबार | December 18, 2025

उत्तर कोरियाले एक महिनामा गर्‍यो ६ ओटा मिसाइल प्रहार



प्योङयाङ । उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो । योसँगै उत्तरले जनवरीमा मात्र ६ ओटा मिसाईल प्रहार गरेको छ । उसले ५ र ११ जनवरीमा हाइपरसोनिक मिसाईल प्रहार गरेको थियो भने १४ र १७ जनवरीमा व्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो ।

उत्तरले पूर्वी तटको हामहुंग क्षेत्रमा दुई ओटा व्यालिस्थक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ । उत्तरका मिसाइल प्रहारलाई लिएर अमेरिकाले उमाथि बिभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । तर, उत्तरसँग वार्ता थाल्न कुनै दुबिधा नभएको बाइडेन प्रशासनले जनाएको छ ।

उत्तरका आणविक हतियार बन्द गर्ने विषयमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सन् २०१९ मा सम्पन्न वार्ता विनानिस्कर्ष टुंगिएको थियो । आफ्ना आणविक कार्यक्रमलाई निरन्तता दिन अडानबाट किम पछाडि नहटेपछि वार्ता बिना निस्कर्ष टुंगिएको थियो ।

आफ्नो रक्षाका लागि मिसाईल परीक्षण गरेको उत्तरले दाबी गर्दै आएको छ । उत्तरका मिसाइल परीक्षणले कोरियाली प्रायद्धीपमा तनाब बढेको छ । तर, उसले विगत पाँच वर्षदेखि आणविक हतियार परीक्षण गरेको छैन् । यद्यपी, कोरियाली प्रायद्धीपमा तनाब बढिरहे पुनः आणविक परीक्षण गर्ने उसले धम्की दिँदै आएको छ ।

उत्तर कोरियाले आगामी महिना किम जोङ उनका पिता किम जोङ इलको ८० औं बार्षिकी मनाउदैछ । एजेन्सी

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ९ : ४७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका