३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

डेढ दशकमा झापामा १३ जंगली हात्ती मरे



झापा । २०६२ सालयता झापामा १३ जंगली हात्ती मरेका छन् । झापाको विभिन्न वनमा रहेकामध्ये १३ वटा जंगली हात्ती मरेको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी ओमनाथ भट्टराईले जानकारी दिए । ‘सबै हात्ती कालले नै मरेको देखिन्छ । केही जंगलमा मृत अवस्था भेटिएका छन् । केही भने खेतको दहमा भासिएर पनि मरेका छन्,’ उनले भने ।

झापाको मागुरमाणी, तेलपानी, वबहुवन, तेलपानी, पाँच पोखरी, जुकेखाडी, दहीझोडा, जामुनबाडी, जलथल, रतुवामाई, चारआली, दुम्सेलगायतका जंगलमा हात्ती घुम्ने गरेको उनले बताए । हाल झापाका जंगलमा १३ देखि १८ वटासम्म रैथानो हात्ती रहेको हुनसक्ने अनुमान रहेको भट्टराईले जानकारी दिए । ‘गणना त भएको छैन । तर, १३ देखि १८ वटासम्म हात्ती छन् भन्ने अनुमान गरिएको छ,’ उनले भने ।

डिभिजन वन कार्यालय झापाका अनुसार २०६७ यता झापामा हात्तीको आक्रमणमा परी ५१ जनाको मृत्यु भएको छ । यो तथ्यांक डिभिजन वन कार्यालयमा निवेदन दिनेको भएको उनले बताए । योभन्दा अन्यको पनि हात्ती आक्रमणमा परी मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालयको अनुमान छ ।

वन क्षेत्रभन्दा बाहिर हात्तीको आक्रमणमा परी मृत्यु भएको छ भने डिभिजन वन कार्यालय झापाको सिफारिसमा कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रले राहत दिने गरेको सूचना अधिकारी भट्टराईले जानकारी दिए । हात्ती आक्रमणमा परी मृत्यु भएको भए अहिले ५० हजार किरिया खर्च र १० लाख मृतकको परिवारलाई राहत दिने गरेको उनले बताए । वन क्षेत्रमा भए राहत उपलब्ध नहुने उनको भनाइ छ ।

यस्तै, घाइतेको हकमा बढीमा दुई लाखसम्म उपचार खर्च पाउने भट्टराईले बताए । ‘हात्ती मांसहारी जनवार हैन । यसलाई अवरोध गर्‍यो भने । उसले असुरक्षित महसुस गर्‍यो भने र ढुंगामुडा गर्‍यो भने आक्रमण गर्न सक्छ,’ भट्टराईले भने ।

झापामा दैनिक कुनै न कुनै बस्तीमा हात्ती पसेर घरमा राखेको अन्न खाने, घर भत्काउने गरेको छ । घर भत्किएको र अन्नबाली क्षति गरेको हकमा पनि राहत पाउने गरेको भट्टराईले बताए । ‘घर भत्काएको र अन्नबाली नस्ट गरेमा निवेदन हाल्न सकिन्छ । निवेदनपछि मूल्यांकन समिति हुन्छ । यसले स्थलगत अनुगमन गर्छ,’ उनले भने, ‘अनुगमनपछि कोशी टप्पु वन्यजन्तु आरक्षणलाई सिफारिस गर्ने हो । घरको १० हजार र अन्नबालीको क्षतिको १० हजारसम्म पाउने व्यवस्था छ ।’

भारतसँग सीमा जोडिएको झापामा विगतमा भारतबाट हुलकाहुल हात्ती नेपाल प्रवेश गर्थे । स्थानीयको अन्नबाली र घरमा क्षति पुर्‍याउँथे । तर, केही वर्ष अघि विद्युतीय तारबार लगाएपछि त्यो क्रम घटेको सूचना अधिकारी भट्टराईले बताए । मेचीनगर पूर्वोत्तर तिरिङदेखि काँकडभिट्टा नजिकसम्म १८ किलोमिटर विद्युतीय तारबार गरिएको उनले बताए ।

 

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १२ : २२ बजे

सम्प्रेषित समाचार हटाउन भएको आदेश र पत्रकार विरुद्ध पक्राउ पुर्जीबारे यस्तोछ प्रेस काउन्सिलको धारणा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा सञ्चार माध्यमबाट सम्प्रेषित

विमान दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे भारतीय प्रधानमन्त्री मोदीले

अहमदाबाद। अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि

मुग्लिन । गर्मी बढेसँगै चितवनको इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको

पत्रकार पाठकविरुद्ध साईबर ब्यूरोमा उजुरी दिएको परराष्ट्रमन्त्रीकाे स्वीकारोक्ति

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध साईबर ब्यूरोमा उजुरी दिएको परराष्ट्रमन्त्री

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

नेपालगन्ज । राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट