२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी



रौतहट । साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजरी परेको छ । नेपाली कांग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध उजुरी दिएका हुन् ।

यही ५ माघमा रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएएर साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै उनीमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न नेता कर्णले माग गरेका छन् ।

यसअघि नै विज्ञप्ति निकालेर मन्त्री यादवले आफूले कसैको ज्यान लिने अभिव्यक्ति नदिएको बताएकी थिइन् । आफ्नो अभिव्यक्तिलाई बंग्याइएको उनले दाबी गरेकी थिइन् ।

तर, चौतर्फी उनको अभिव्यक्तिको विरोध भइरहेका बेला नेता कर्णले उजुरी दिएका हुन् ।

यसअघि बिहीबार कांग्रेसका तत्कालीन संविधान सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएर मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ४ : १२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार