१३ बैशाख २०८३, आइतबार | April 26, 2026

संक्रमित सबै घरमा, आइसोलेसन रित्तै



तनहुँ । बिहीबार तनहुँका ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ८७ जनाको परीक्षण गरिएकोमा ४४।८२ प्रतिशतलाई कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरानाका सक्रिय संक्रमितको संख्या ७४४ पुगेको छ । संक्रमित सबै होम आइसोलेसनमा छन् ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका १२ ठाउँमा १७० बेड क्षमताको आइसोलेसन तयार छन् । तर, कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा पनि संस्थागत आइसोलेसन रित्तै छन् । आइसोलेसनमा बस्न संक्रमित चाहँदैनन् ।

संक्रमितलाई जटिल समस्या नदेखिएकाले आइसोलेसनमा बस्नेको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रामबहादुर नेपाली बताउँछन् । ‘यसअगाडिको लहरमा जस्तो जटिल समस्या देखिएको छैन । सामान्य अवस्था भएकाले पनि संक्रमित होम आइसोलेसनमै बस्न इच्छुक छन्’, नेपालीले भने ।

संक्रमितलाई टाउको दुख्ने, ज्वरो आउने, घाटी खसखस हुने, सुख्खा खोकी लाग्ने, रातको समयमा पसिना आउने, जिउ दुख्ने र स्वर दब्ने जस्ता लक्षण देखिएका उनले बताए । आइसोलेसनमा बस्नेको संख्या शून्य भए पनि सबै आइसोलेसनलाई तयारी अवस्थामा राखिएको उनको दाबी छ । उनले अगाडी थप्दै भने, ‘संक्रमण बढ्दै छ । आइसोलेसन आवश्यक हुन सक्छ । तसर्थ आइसोलेसनलाई तयारी अवस्थामा राख्न स्थानीय तह र अस्पताललाई निर्देशन दिएका छौं ।’

स्वास्थ्य सतर्कता अपनाएमा जटिल समस्या नभएकालाई संस्थागत आइसोलेसनको तुलनामा होम आइसोलेसन उपयुक्त हुने म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे बताउँछन् । उनी भन्छन्, ‘घरमा खानपिन र बसाइँको व्यवस्थापन राम्रो हुन्छ । परिवारको निगरानी पनि हुन्छ । तर, होमआइसोलेसनमा बस्नेले सतर्कता अपनाउनु पर्दछ ।’ होम आइसोलेसनमा बसेकाले लापरबाही गरेको खण्डमा टोल छिमेकमा संक्रमण फैलने जोखिम बढी हुने घिमिरेको भनाई छ ।

जिल्लाका १० स्थानीय तहले पहिलो लहरमै आइसोलेसन तयार पारेका थिए । स्थानीय तहको आइसोलेसन प्रयोगमा भने उतिसारो आउन सकेका छैनन् । पहिलो र दोस्रो लहरमा जिल्लाका अधिकांश संक्रमित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा र दमौली अस्पतालको आइसोलेसनमा बसेर निको भएका थिए ।

हाल जिपीमा पाँच बेड आइसियु र तीन बेड भेन्टिलेटरसहित ३० बेडको आइसोलेसन छ । यहाँ जिल्लाका स्थानीय तह मिलेर छुट्टै आइसोलेसन भवन बनाइदिएका छन् । यस्तै, दमौली अस्पतालले पनि सात बेड आइसियु र चार भेन्टिलेटर सहितको २५ बेड क्षमताको आइसोलेसन सञ्चालन गरेको छ ।

जिल्लामा वैशाखयता ६ हजार १३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये पाँच हजार २६२ जना निको भएका छन् । वैशाखयता मात्र कोरोना संक्रमणका कारण १३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ७ : ४८ बजे

सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ-गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत

वर्षाले जलेश्वर जलमग्न

जलेश्वर । आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध

‘गल्छी-रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

नुवाकोट । ‘गल्छी-रसुवागढी सडक योजनाको कार्यालय’ मार्फत विस्तार भइरहेको सडकको

फलामखानीको थप अनुसन्धान गरिँदै

काठमाडौँ । खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)