२० बैशाख २०८१, बिहिबार | May 2, 2024

भिजिट भिसामा श्रम गन्तव्य मुलुक पुगेर पीडित बनेकाहरुको तत्काल सम्बोधन गर्न ‘मार्सल टिम’ गठन



काठमाडौं । श्रम गन्तव्य मुलुक पुगेर समस्यामा परेकाहरुलाई सम्बोधन गर्नका लागि ‘मार्सल टिम’ गठन गरिएको छ। रोजगारीको आश्वासनमा भिजिट भिसामा मलेसिया दुबई लगायत खाडी मुलुक पुगेर पीडित भएकाहरुको सम्बोधन गर्न यस्तो टीम गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

पीडितको समस्या तत्कालै समाधानका लागि मार्सल टिम बनाइएको उनको दाबी छ । यस्तो मार्सल टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछाने, नेपाल प्रहरीका प्रतिनिधि लगायत रहने छन् ।

मन्त्री श्रेष्ठले यसले ठग र दलालहरुलाई तह लगाउने दाबी गरे । ुपीडितहरुको कुरा सुन्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनका लागि तत्काल यसले एक्सन गर्छ। यो ठग र दलालहरुलाई तह लगाउन बनाइएको मार्सल टिम होु मन्त्री श्रेष्ठले भने । यसअघि बुधबार भिजिट भिसा बारे अध्ययन गर्न र समस्या सम्बोधनको उपायबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

मन्त्री श्रेष्ठका अनुसार मन्त्रालयले आइतबारदेखि २४ सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको जानकारी दिए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ८ : ४७ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु