२६ बैशाख २०८१, बुधबार | May 8, 2024

सार्वजनिक स्थानमा फोटो/भिडियो खिच्नेलाई अब कारबाही हुने



काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक स्थानमा अनुमति बेगर फोटो/भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ ।

मन्त्रालयले सार्वजनिक स्थलमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन सक्ने जनाएको छ ।

‘सार्वजनिक स्थलमा कुनै व्‍यक्तिको अनुमतिविना कुनै प्रकारको तस्बिर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्‍यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्‍यक्तिको अनुमतिरसहमति विना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्‍यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ९ : ३६ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार