२४ बैशाख २०८१, सोमबार | May 6, 2024

विश्व इतिहासमा आजः जेन आस्टिनको चर्चित उपन्यासदेखि अन्तरिक्षमा यान बिस्फोट



काठमाडौं । आज २८जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

अन्तरिक्ष यान बिस्फोट

सन् १९८६ मा अन्तरिक्ष बोकेको अन्तरिक्ष यान च्यालेन्जर बिस्फोट भएको थियो, जसलाई अन्तरिक्ष इतिहासमा नै सबैभन्दा दुःखद घटना मानिन्छ । अमेरिकाको फ्लोरिडाबाट अन्तरिक्षका लागि उडेको च्यालेन्जर जमिन छोडेको ७३ सेकेन्डमा नै बिस्फोट हुँदा ७ अन्तरिक्षयात्रीको मृत्यु भएको थियो ।

प्राइड एन्ड प्रेज्युडिस

सन् १८१३ मा बेलायतका लेखिका जेन आस्टिनको चर्चित उपन्यास प्राइड एन्ड प्रेज्युडिस प्रकाशित भएको थियो । यो उपन्यासलाई अंग्रेजी साहित्याको अहिलेसम्मकै लोकप्रिय कृति मानिन्छ । यसको दुई करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ ।

निकोलस सार्कोजीको जन्म दिन

आज फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीको जन्म भएको थियो । सन् २००७ देखि सन् २०१२ सम्म फ्रान्सका राष्ट्रपति भएका सार्कोजीको जन्म राजधानी पेरिसमा सन् १९५५ को २८ जनवरीमा भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : १७ बजे

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदैं

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान