१४ भदौ २०८३, आइतबार | August 30, 2026

विश्व इतिहासमा आजः जेन आस्टिनको चर्चित उपन्यासदेखि अन्तरिक्षमा यान बिस्फोट



काठमाडौं । आज २८जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

अन्तरिक्ष यान बिस्फोट

सन् १९८६ मा अन्तरिक्ष बोकेको अन्तरिक्ष यान च्यालेन्जर बिस्फोट भएको थियो, जसलाई अन्तरिक्ष इतिहासमा नै सबैभन्दा दुःखद घटना मानिन्छ । अमेरिकाको फ्लोरिडाबाट अन्तरिक्षका लागि उडेको च्यालेन्जर जमिन छोडेको ७३ सेकेन्डमा नै बिस्फोट हुँदा ७ अन्तरिक्षयात्रीको मृत्यु भएको थियो ।

प्राइड एन्ड प्रेज्युडिस

सन् १८१३ मा बेलायतका लेखिका जेन आस्टिनको चर्चित उपन्यास प्राइड एन्ड प्रेज्युडिस प्रकाशित भएको थियो । यो उपन्यासलाई अंग्रेजी साहित्याको अहिलेसम्मकै लोकप्रिय कृति मानिन्छ । यसको दुई करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ ।

निकोलस सार्कोजीको जन्म दिन

आज फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीको जन्म भएको थियो । सन् २००७ देखि सन् २०१२ सम्म फ्रान्सका राष्ट्रपति भएका सार्कोजीको जन्म राजधानी पेरिसमा सन् १९५५ को २८ जनवरीमा भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : १७ बजे

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा