२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जडिबुटी कम्पनीको महाप्रबन्धकमा दरखास्त खुल्यो, व्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने



काठमाडौं । वन तथा वातावरण मन्त्रालयले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका लागि खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक छनोट गर्ने भएको छ ।

महाप्रबन्धक छनोट समितिले शुक्रबार विज्ञापन आह्वान गर्दै १५ दिभित्र दरखास्त पेश सूचित गरेको छ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विज्ञान, समाजशास्त्र, व्यवस्थापन, वनस्पतिशास्त्र वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातक तह उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

आवेदकको उमेर ३० वर्ष पूरा भएको हुनुपर्नेछ ।

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालनका लागि व्यवसायिक कार्ययोजना (बढीमा १५ पेजको) पनि माग गरिएको छ भने व्यवसायिक कार्ययोजनामा कम्पनीलाई विस्तार गर्ने रणनीतिक योजनासमेत पेस गर्नुपर्ने छ ।

यसअघिका महाप्रबन्धक ज्ञानेश्वर कार्कीको कार्यकाल सकिएपछि नयाँ महाप्रबन्धक नियुक्त गरिन लागिएको हो । कम्पनीले जडीबुटीको उत्पादन, प्रशोधन, बिक्री र बजारीकरणको काम गर्ने गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : ५७ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ