१३ बैशाख २०८३, आइतबार | April 26, 2026

जडिबुटी कम्पनीको महाप्रबन्धकमा दरखास्त खुल्यो, व्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने



काठमाडौं । वन तथा वातावरण मन्त्रालयले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका लागि खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक छनोट गर्ने भएको छ ।

महाप्रबन्धक छनोट समितिले शुक्रबार विज्ञापन आह्वान गर्दै १५ दिभित्र दरखास्त पेश सूचित गरेको छ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विज्ञान, समाजशास्त्र, व्यवस्थापन, वनस्पतिशास्त्र वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातक तह उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

आवेदकको उमेर ३० वर्ष पूरा भएको हुनुपर्नेछ ।

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालनका लागि व्यवसायिक कार्ययोजना (बढीमा १५ पेजको) पनि माग गरिएको छ भने व्यवसायिक कार्ययोजनामा कम्पनीलाई विस्तार गर्ने रणनीतिक योजनासमेत पेस गर्नुपर्ने छ ।

यसअघिका महाप्रबन्धक ज्ञानेश्वर कार्कीको कार्यकाल सकिएपछि नयाँ महाप्रबन्धक नियुक्त गरिन लागिएको हो । कम्पनीले जडीबुटीको उत्पादन, प्रशोधन, बिक्री र बजारीकरणको काम गर्ने गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : ५७ बजे

सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ-गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत

वर्षाले जलेश्वर जलमग्न

जलेश्वर । आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध

‘गल्छी-रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

नुवाकोट । ‘गल्छी-रसुवागढी सडक योजनाको कार्यालय’ मार्फत विस्तार भइरहेको सडकको

फलामखानीको थप अनुसन्धान गरिँदै

काठमाडौँ । खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)