४ पुस २०८२, शुक्रबार | December 20, 2025

डि मारिया र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित



काठमाडौं । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ ।

शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डि मारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेको अग्रता जोगाउदै अर्जेन्टिनाले आठौं जित निकाल्यो ।

खेलको नवाैँ मिनेटमा रोड्रीगो डि पौलको पास सदुपयोग गर्दै डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाए । बेन डाइजले २०औँ मिनेटमा गोल गर्दा घरेलु टोली चिली खेलमा फर्कियो । तर, मार्टिनेजले ३४ मिनेटमा गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाए ।

बाँकी समय दुबै टोलीले गोलका प्रयास गरेपनि सफल भएनन् ।

आज बिहान भएको खेलमा ब्राजिल र इक्वेडरले १-१ गोलको बराबर खेल्दै अंक बाँडेका छन् । ब्राजिल र अर्जेन्टिना यसअघि नै विश्वकपको लागि छनोट भइसकेका छन् ।

ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ । जितपछि अर्जेन्टिना १४ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ ।

इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा रहँदा अर्जेन्टिनासँग पराजित चिली १६ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको