१३ बैशाख २०८३, आइतबार | April 26, 2026

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु



डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ ।

कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिए ।

शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ । छानविन सुरु भएकाले उनलाई शिक्षालयको प्रमुखबाट हटाएको बताइएको छ।

यहाँ अध्ययनरत विद्यार्थीलाई कुखुरापालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो । कुखुराका चल्ला पठाउने व्यवसायीसँग फोनमा कमिशन मागेको अडियो सार्वजनिक भएपछि उनीमाथि छानविन सुरु भएको हो ।

शिक्षालयमा उनले पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचयपत्र र पोशाकमा समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : २० बजे

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता

काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण