१३ बैशाख २०८३, आइतबार | April 26, 2026

हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य



दार्चुला । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ । एक सुरक्षाकर्मीले कष्टकर जीवन बिताउनुपरेको बताएका छन् ।

“सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन”, ती सुरक्षाकर्मीले भने, “हिउँ पग्लाएर पानी खाएर बसेका छौँ, पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ, पानीको पाइप पूरै वरफ बनेको छ, पानी खाने विकल्प नभएपछि हिउँ पग्लाएर पानी बनाउँदै पिउँछौँ ।”

चिसो अत्यधिक बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनुपरेको छ । अहिले यो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एक जना चौकीदारमात्रै छन् । पहिल्यैकै हिउँ पग्लिएको थिएन, थप हिउँ परेपछि जाडो ह्वात्तै बढेको छ । गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ । अहिले सशस्त्र बसेको गागाबाट छाङ्गरुसम्म जानै मुस्किलको अवस्था आएको बताइएको छ । यस क्षेत्रमा गत वर्षदेखि सशस्त्र प्रहरी बाह«ैमास बस्न थालेको हो । गत वर्ष पनि यो क्षेत्रमा सशस्त्र प्रहरीले हिउँ पग्लाएरै पानीको प्रयोग गर्नुपरेको थियो ।

जिल्लाको अपिहिमाल, नौगाड, मार्मा, दुहूँ, व्यास र मालिकार्जुन गाउँपालिकाको उच्च भू–भागमा भारी हिमपात भएको छ । राष्ट्रकै सातौँ धाम मालिकार्जुनमा लामो समयपछि भारी हिमपात भएको छ । मालिकार्जुनको मन्दिर क्षेत्रमा परेको हिउँको फोटो अधिकांशले सामाजिक सञ्जालमा शेयर गरेका छन् । स्थानीय गणेशसिंह धामीका अनुसार मालिकार्जुन क्षेत्रको सडक तथा मन्दिर क्षेत्र वरपर हिउँ जमेको छ ।

यस्तै नौगाड क्षेत्रमा पनि भारी हिमपात भएको छ । नौगाडको सिप्टी, इयरकोट, दल्लेखलगायतका क्षेत्रमा भारी हिमपात भएको सन्तोषसिंह ठगुन्नाले बताए । हिमपातका कारण अहिले यो क्षेत्रको सडकमा गाडी चलाउनसमेत समस्या भएको छ । सडक हिलाम्ये र चिप्लो भएको छ ।

अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी बजार क्षेत्रसम्म भारी हिमपात भएको छ । हिउँका कारण विद्यालय ढाकिएका छन् । खण्डेश्वरीभन्दा माथिल्लो बस्तीमा एक फिट बढी हिउँ जमेको स्थानीयवासी पोखरसिंह रोकायाले जानकारी दिए । यस क्षेत्रमा स्थानीयवासीलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ । स्थानीयवासीले हिउँ पग्लाएर पानी खानुपर्ने अवस्था आएको उनले बताए। -रासस

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : ४७ बजे

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता

काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण