२३ बैशाख २०८३, बुधबार | May 7, 2026

सरकारी अनुदानले सुपारी खेतीमा आकर्षण



झापा । झापा सुपारी खेतीका लागि उर्वर जिल्ला हो । देशभर उत्पादन हुने सुपारीको ८० प्रतिशत सुपारी झापामा उत्पादन हुन्छ । सुपारी खेतीको विकास र विस्तारका लागि झापामा सरकारी निकायले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । जसका कारण पनि पछिल्लो समय सुपारी खेतीतर्फ किसान आकर्षित हुन थालेका छन् ।

संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन कार्याक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममार्फत सिँचाइ, गोदामघरदेखि प्रशोधनसमेतमा अनुदान दिन थालेपछि किसानहरू खेतीमा आकार्षित हुँदै गएका हुन् । सुपारी जोन कार्याक्रमले पूर्वी नेपालमा बर्सेनि सुपारी खेती विस्तार हुँदै गएको छ ।

झापामा दुई हजार ७२१ हेक्टर क्षेत्रफलमा सुपारी उत्पादन हुँदै आएको छ । जसमा दश हजार ३३९ दशमलव ८ मेट्रिक्टन सुपारी उत्पादन हुँदै आएको ज्ञानकेन्द्रले जनाएको छ ।

विगतमा आफ्नै बलबुताले खेती गर्दै आएका किसानलाई सरकारले सहयोग गरेपछि उत्साहित भएका हुन् । सुपारीजोन कार्यक्रमले यस वर्ष प्रशोधन र टपरी निर्माणमा अनुदान उपलब्ध गराएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपारी जोनका प्रमुख रवीन्द्र सुवेदीले बताए ।

उनका अनुसार सुपारीको पातबाट दुना, टपरी बनाएर कृषकले राम्रो आम्दानी गर्नसक्छन् । जोनले टपरी, दुना निर्माण गर्ने मेसिनमा अनुदान दिएपछि विगतमा त्यसै खेर जाने सुपारीको पात अहिले प्रयोगमा आएका हुन् ।

सुपारी सम्बन्धी विज्ञ, कृषि प्राविधिकको अभाव रहेकाले विभिन्न तालिम र पशिक्षणसमेत दिइँदै आइएको छ । चार वर्षदेखि संचालन भएको सुपारीजोन कार्याक्रमले धेरै सहयोग गरेकाले खेती थप विस्तार गर्दै लगेको अर्जुनधारा(९ का किसान दिनबन्धु पोखरेलले बताए । ‘पहिला हाम्रो तरिकाले खेती गर्दै आएका थियौँ । अहिले राज्यले पनि सहयोग गरेपछि धेरै सहज भएको छ,’ उनले भने, ‘अहिले क्रमशः खेतीको पनि विस्तार हुँदै आएको छ ।’

सुपारी खेती विस्तारसँगै पछिल्लो समय काँचो सुपारीको मुल्य समेत बढ्दै गएको छ । तीन वर्षअघि २५ देखि ३० रुपैयाँ प्रतिकेजी बिक्री हुने काँचो सुपारीको मूल्य पछिल्लो समय ५० देखि ७० रुपैयाँ प्रतिकेजीसम्म पुगेको लामो समयदेखि अर्जुनधारा नगरपालिका क्षेत्रमा सुपारीको व्यवसाय गर्दै आएका रघुनाथ गुप्ताले बताए । सुपारीको मूल्यमा समेत सुधार आएकाले कृषकले उत्साहित भएर खेती गरिरहेको उनले बताए ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ३ : १३ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा