१३ बैशाख २०८३, आइतबार | April 26, 2026

भक्तपुरको इन्द्रायणी मन्दिरमा सयौँ वर्ष पुराना सामग्री चोरी



भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ मा रहेको इन्द्रायणी मन्दिरबाट सयौँ वर्ष पुराना महत्वपूर्ण सामग्रीहरु चोरी भएको छ । मन्दिरको भण्डारमा रहेका सामानहरु दुई वटा ताल्चा फुटाएर शुक्रबार चोरी भएको स्थानीय साँस्कृतिक एवं नाच गुरु अर्जुन श्रेष्ठले जानकारी दिए ।

मन्दिरको भण्डारबाट सयौँ वर्ष पुराना बाजाहरु भुस्या १२० जोर (४० वटा), छुस्या एक जोर, झ्याली एक जोर, पाः बाजा एक जोर चोरी भएको उनले जानकारी दिए । त्यसैगरी मन्दिरको सयौँ वर्ष पुरानो शङ्ख, शालिकसहितको आरतीलगायतका सामग्रीहरु चोरी भएको उनले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले मन्दिरमा सयौँ वर्ष पुराना बाजालगायतका सामानहरु चोरी भएको जानकारी दिँदै अनुसन्धान गरी चोरी भएका सामान र गिरोहको खोजी भइरहेको जानकारी दिए ।

केही दिन अगाडि पनि वडा नं ४ कै इनालाक्षीको राज गणेशको मन्दिरमा रहेका दियोहरु चोरी भएको थियो । मन्दिरबाट धमाधम चोरी हुन थाले पनि चोर भने अझै पक्राउ नपरेको साँस्कृतिक गुरु श्रेष्ठको भनाइ छ ।

पछिल्लो समयमा भक्तपुर, ललितपुरलगायतका ठाउँका मन्दिरबाट मूर्ति र बहुमूल्य सामग्री चोरी गर्ने गिरोहनै सक्रिय भएको हुनसक्ने उनको आशङ्का छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : २७ बजे

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ

साहारा नभएका सुकुमवासीलाई होटलमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौँ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगन्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक