५ पुस २०८२, शनिबार | December 20, 2025

भक्तपुरको इन्द्रायणी मन्दिरमा सयौँ वर्ष पुराना सामग्री चोरी



भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ मा रहेको इन्द्रायणी मन्दिरबाट सयौँ वर्ष पुराना महत्वपूर्ण सामग्रीहरु चोरी भएको छ । मन्दिरको भण्डारमा रहेका सामानहरु दुई वटा ताल्चा फुटाएर शुक्रबार चोरी भएको स्थानीय साँस्कृतिक एवं नाच गुरु अर्जुन श्रेष्ठले जानकारी दिए ।

मन्दिरको भण्डारबाट सयौँ वर्ष पुराना बाजाहरु भुस्या १२० जोर (४० वटा), छुस्या एक जोर, झ्याली एक जोर, पाः बाजा एक जोर चोरी भएको उनले जानकारी दिए । त्यसैगरी मन्दिरको सयौँ वर्ष पुरानो शङ्ख, शालिकसहितको आरतीलगायतका सामग्रीहरु चोरी भएको उनले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले मन्दिरमा सयौँ वर्ष पुराना बाजालगायतका सामानहरु चोरी भएको जानकारी दिँदै अनुसन्धान गरी चोरी भएका सामान र गिरोहको खोजी भइरहेको जानकारी दिए ।

केही दिन अगाडि पनि वडा नं ४ कै इनालाक्षीको राज गणेशको मन्दिरमा रहेका दियोहरु चोरी भएको थियो । मन्दिरबाट धमाधम चोरी हुन थाले पनि चोर भने अझै पक्राउ नपरेको साँस्कृतिक गुरु श्रेष्ठको भनाइ छ ।

पछिल्लो समयमा भक्तपुर, ललितपुरलगायतका ठाउँका मन्दिरबाट मूर्ति र बहुमूल्य सामग्री चोरी गर्ने गिरोहनै सक्रिय भएको हुनसक्ने उनको आशङ्का छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको