२ पुस २०८२, बुधबार | December 17, 2025

जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय



काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न सत्तारुढ गठबन्धनले प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ ।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको हो ।

बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोकिने बताए ।

‘स्थानीय निकायको निर्वाचन जेठ मसान्त भित्र गर्न सत्तारुढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ,’ उनले भने, ‘संविधानसँग बाझिएका कानुनहरुलाई संशोधन गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि बैठकले सरकारलाई सुझाव दियो ।’

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ०१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष