१३ बैशाख २०८३, आइतबार | April 26, 2026

विश्व इतिहासमा आजः इतिहासमै डरलाग्दो समुद्री दुर्घटनादेखि गान्धीको हत्या भएको त्यो कालो दिन



काठमाडौं । आज सन् २०२२ को ३० जनवरी । सदाको दिन झैं इतिहासमा आज पनि विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । अहिंसावादी नेता महात्मा गान्धीको हत्यादेखि कुख्यात तानाशाह एडोल्फ हिट्लर आजै जर्मनीको चान्सलर बनेका थिए ।प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही घटनाः

पहिलो कम्प्युटर भाइरस

सन् १९८२ मा पहिलो क्रम्प्युटर भाइरस सार्वजनिक भएको थियो, जसलाई एल्क क्लोनर नाम दिइएको थियो । १५ वर्षीय रिचार्ड स्क्रेन्टाले एउटा व्याबहारिक जोकका रुपमा एल्क क्लोनर बनाएका थिए ।

ब्लडी सन्डे

बोगसाइड नरसंहारसमेत भनिने उत्तरी आयरल्यान्डको बोगसाइड क्षेत्रमा सन् १९७२ को ३० जनवरीमा सेनाको गोली लागेर १३ निशस्त्र नागरिकहरुको ज्यान गएको थियो । आईबार रक्तपात भएको सो दिनलाई ब्लडी सन्डे भनिन्छ ।

इतिहासमै डरलाग्दो समुद्री दुर्घटना

सन् १९४५ मा इतिहासमै डरलाग्दो समुद्री दुर्घटना भएको थियो । दोस्रो विश्वयुद्धको समयमा सोभियत पनडुब्बीले जर्मनीको सेनाको समुद्री जहाज विलहेम गस्टटोल्फलाई डुबाइदिएको थियो । ३० जनवरीमा बाल्टिक सागरमा सोभियत पनडुब्बी एस १३ ले जर्मनी सेनाको विलहेम गस्टलोफलाई डुबाइदिएको थियो । दुर्घटनामा ९ हजार ४०० जनाको मृत्यु भएको थियो ।

गान्धीको हत्या

आजकै दिन भारतका राष्ट्रपिता तथा अहिंसाका प्रतिक महात्मा गान्धीको हत्या भएको थियो । सन् १९४८ को ३० जनवरीमा नाथुराम गोड्सेले गान्धीको हत्या गरेका थिए । भारतीय स्वतन्त्रता आन्दोलनका मुख्य अगुवा तथा आध्यात्मिक नेता गान्धी विश्वका महापुरूषहरुमध्ये एक हुन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन गान्धीको ठूलो योगदान थियो थियो । गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई राष्ट्रसंघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ ।

एडोल्फ हिट्लर जर्मनीका चान्सलर

सन् १९३३ को ३० जनवरीमा एडोल्फ हिट्लर जर्मनीको चान्सलर बनेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : १६ बजे

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ

साहारा नभएका सुकुमवासीलाई होटलमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौँ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगन्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक