२४ असार २०८३, बुधबार | July 8, 2026

शहीद : परिवर्तनका बहाक, न्याय, सत्य र सामुहिक हितका बिम्ब



इतिहासको विभिन्न कालखण्डमा आज माघ १६ गते, शहीद सप्ताहको अन्तिम दिन हो । देश, जनता र परिवर्तनको पक्षमा जीवन उत्सर्ग गर्ने अमर शहीदहरुको अमूल्य योगदानलाई स्मरण गर्दै र शहीदले देखाएको बाटोमा अविचलित बन्ने प्रतिवद्धता जनाउदै अमर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्नु हाम्रो कर्तव्य हो ।

शहीदहरु जनताका लोकतान्त्रिक अधिकार मातृभूमिको रक्षा र जनविरोधी फासिस्ट सत्ताका विरुद्ध बलिवेदीमा चढ्न तयार हुन्छन् । सत्य, न्याय र जनताका लोकतान्त्रिक अधिकारका लागि आवाज उठाउने व्यक्तिहरुलाई निरंकुश सत्ताले बन्दुकको बलमा दमन गर्छ । सन् ८० को दशक पछि नेपालको निरंकुश शासकका विरुद्ध सचेत, जागरुक नेपाली युवाले संगठित रुपमा प्रजातान्त्रिक अधिकारका लागि संगठित रुपमा आफ्ना ेविचरा प्रकट गर्न थालेका थिए । जहानिया फासिस्ट राणा शासनका विरुद्ध विद्रोहको विजारोपण गर्ने प्रथम शहीद लखन थापाको स्मरण नगरी रहन सकिँदैन । तर पनि विक्रम संवत १९८० को दशकपछि संगठित प्रयत्न गर्ने चार जनालाई विक्रम संवत १९९७ साल माघ १० देखि १५ गतेसम्म मृत्युदण्ड भोग्नुभएका शहीदको समेत स्मरण गर्दै नेपालमा प्रजातन्त्रको अभ्युदयपछि विक्रम संवत् २०१० सालदेखि तत्कालिन सरकारले माघ १० देखि १६ गतेसम्मलाई शहीद सप्ताह मनाउने र माघ १६ गते विशेष कार्यक्रमसहित शहीद दिवस मनाउने परम्परा सुरु हुँदै आएको हो ।

राणाशाही कालमा जनतालाई बोल्ने, लेख्ने, विचार प्रकट गर्ने र संगठित हुने कुनै अधिकार थिए । ०९७ सालसम्म भूमिगत रुपमा प्रजापरिषद् गठन भैसकेको थियो । अलि परका टंकप्रसाद आचार्य, रामहरी शर्मा समेतका सचेत युवाले भूमिगत काम थालेका थिए । ०९७ साल असार ९ गते राति राणाशाही विरुद्ध काठमाडौं उपत्यकामा विभिन्न प्रकारका राजनीतिक प्रचा चलिएको थियो । त्यसको खोजी हुन थाल्यो । सबैभन्दा पहिले कात्तिक २ गते धर्मभक्त माथेमा गिरफ्तार भए । प्रशासनले उनको डायरी भेटियो । त्यसका आधारमा भटाभट अन्य युवा पनि पक्डिन थाले । राजद्रोहमा लागेको गाथगदी ताकेको अभियोगमा मुद्दा लाग्यो । माघ ७ गते बिहान १० बजे सिंहदरबारको दक्षिणतिरको फुटबल मैदानमा सबै राजद्रोही भनिएकाहरुलाई सजायँ सुनाउन उभ्याइयो । चार जनलाई मृत्युदण्ड दिने र दुई जना ब्रामण भएकाले चारपाटा मुडेर जनै छिनालेर शहर घुमाउने र बाँकीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइयो ।

मघ १० गते टेकु पचलीस्थित खरीको बोटमा शुक्रराज शास्त्रीलाई झण्ड्याएर मृत्युदण्ड दिइयो । माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा झुण्ड्याएर हत्या गरियो । जुद्ध शमशेरले गंगालाल युवकै रहेछ माफी माग्छ भनेर सर्वस्वसहित जन्मकैद हुनसक्ने कुरा सुनाउँदा कसैले दिएको बकस जीवन जीउन मन्जुर छैन भन्ने जवाफ दिएपछि माघ १५ गते गंगाला श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा लगेर गोली ठोकी हत्या गरिएको थियो ।

माघ १७ गते टंकप्रसाद आचार्य र रामहरि शर्मालाई सिंहदरबारबाहिर चारपाटा मुढेर नगर घुमाउँदै जेल चलान गरिएको थियो । सामुहिक हितका लागि जीवन उत्सर्ग गर्ने उन्माद बोकेको सचेत अग्रगामी पुस्ता उदाएको थियो त्यतिबेला । त्यो उत्साह, उर्जा, समर्पण र उत्सर्गले १०४ वर्षको फासिस्ट राणाशाहीको सत्ता उल्ट्याइदिएको थियो । युगले वीर सपुतहरुको जन्म दिन्छ । हाँसीहाँसी छातीमा गोली थाप्ने हिम्मत गर्ने आँटी व्यक्तिले मात्रै युग युगसम्म बाँचेको हुन्छ । देश र जनताका लागि परिवर्तनको पक्षमा जीवन उत्सर्ग गर्ने तमाम ज्ञात अज्ञात शहीदप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शहीदको सपना साकार पार्नु बाँचेकाहरुको कर्तव्य हो ।

निरंकुशताका विरुद्ध लोकतान्त्रिक परिवर्तनका लागि ०९७ सालमा चार जना शहीदहरु हाँसीहाँसी फाँसीमा चढेका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा धेरैको शहादत भएको छ । निरंकुश पञ्चायतकालमा अमर शहीद दुर्गानन्द झा, दुर्गा सुवेदी, ऋषि देवकोटा आदाज, रत्नकुमार वान्तवाहरुको स्मरण हुन छोडेको छ । छिन्ताङ, सुखानी, ओखलढुंगा लगायतका शहीदको स्मरण हुन छोडेको छ । २०४६ सालको आन्दोलनका शहीदलाई वेवास्ता गरिएको छ । गणतन्त्रका लागि भएको माओवादी जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेश आन्दोलन र अन्य महान् आन्दोलनको सन्दर्भमा जीवन आहुती दिने अमर शहीदको उच्च सम्मान हुन सकेको छैन ।

परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने व्यक्ति कुनै दल विशेषको हुन सक्दैन । देशको लागि रगत दिने र परिवर्तनको पक्षमा संघर्ष गर्नेहरुलाई हेर्ने तुच्छ र संकीर्ण दलीय सोचले राज्यको तर्फबाट उचित सम्मान हुन सकेको छैन । शहीद परिवर्तनका बहाक, न्याय, सत्य र सामुहिक हितका बिम्ब हुन । त्यसैले इतिहासको विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनका शहीदहरुलाई उचित सम्मान गर्नुपर्छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १० : ५९ बजे

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

भैरहवा । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२/८३ मा

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी । निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा

प्रधानमन्त्री बालेन्द्रले आज उद्योगी-व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौं । पटक-पटक विद्युत् अवरुद्ध (ट्रिपिङ)हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा