१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै



काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न भएको छ । आज यहाँ विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

उक्त अवसरमा संस्थाले प्रकाशन गरेको वार्षिक फोटो क्यालेन्डर विमोचन गरिएको थियो । ‘पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाका आजीवन सदस्य तथा वन्यजन्तु फोटोग्राफर स्व चुङ्वा सेर्पाको स्मृतिमा रु तीन लाख राशिको पुरस्कारको अक्षयकोष स्थापना गरिएको छ ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले आगामी दिनमा फोटो पत्रकारहरूसँग सहकार्य गर्दै नेपालको फोटो बैंक स्थापना गरिने जानकारी दिए । यसले फोटो पत्रकारहरूको रोजगारीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले पर्यटन प्रवर्द्धन तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारको माध्यम फोटो भिडियो हुने भएका फोटो बैंक आवश्यक रहेको धारणा राखे ।

प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामशरण बोहराले फोटो प्रतिलिपि अधिकार (कपिराइट) को विषयमा बोल्दै फोटो पत्रकारका सिर्जनाहरू अनुमतिविना प्रयोग हुने गुनासो प्रेस काउन्सिलमा आउने गरेका उल्लेख गरे । काठमाडौँ फोटो ग्राफर सङ्घका अध्यक्ष आनन्द प्रभाकर घिमिरेले दुई संस्थाबीच भाइचारा सम्बन्ध विस्तार गर्दै सहकार्यमा काम गर्नुपर्नेमा जोड दिए । पूर्वअध्यक्ष राजभाइ सुवालले एआइको युगअनुसार प्रविधिमैत्री सीप विकासमा ध्यान दिनुपर्ने धारणा राखे ।

संस्थाका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरू राज्य तथा सञ्चारगृहबाट पीडित भएको उल्लेख गर्दै जीवन बिमा, स्वास्थ्य बिमा तथा क्यामेरा इन्सुरेन्सको अभावका कारण जोखिम बढी हुने गरेको बताए । उनले अन्तरराष्ट्रियस्तरमा सहकार्य विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशका १०० जना फोटो पत्रकार तथा फोटो ग्राफरलाई सहभागी गराई अन्तरराष्ट्रिय फोटो सम्मेलन आयोजना गरिने घोषणा गरे ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : ०८ बजे

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको

त्रिशूली-३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको