२० मंसिर २०८२, शनिबार | December 6, 2025

यसकारण ‘पुष्पा’ मा जोडिएनन् महेश बाबु



काठमाडौं । साउथ स्टार अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म सावित भइसकेको छ । हरेक वर्गका दर्शकले यो फिल्मलाई मनपराएका छन् । फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जो कोहीको मन जितेको छ ।

फिल्ममा सबैभन्दा बढी मनपराइएको काम अल्लू अर्जुनको अभिनय हो । तर सायद कमैलाई थाहा होला कि यो फिल्ममा निर्माताको रोजाईमा अल्लुभन्दा अगाडि अर्का स्टार महेश बाबु थिए ।

निर्माताले यो भूमिकाका लागि सबैभन्दा पहिला तेलुगू स्टार महेश बाबुलाई प्रस्ताव गरेका थिए । निर्देशक सुकुमार महेश नै ‘पुष्पाः द राइज’का लागि उपर्युक्त पात्र हुन् भन्ने कुरामा ढुक्क थिए । त्यसका लागि उनले कैयौं पटक महेश बाबुसमक्ष प्रस्ताव लगेका थिए ।

‘वास्तविकता भन्दा महेश बाबुले एन्टी-सोसियल भूमिकामा अभिनय नगर्ने कसम खाइसकेका छन् । यद्यपि महेश बाबुलाई फिल्मको स्क्रिप्ट निकै मनपरेको थियो । तर उनलाई यो भूमिका आफ्ना लागि उपर्युक्त नहुने लाग्यो । किनकी उनी एन्टी-सोसियल भूमिकामा विश्वास गर्दैनन्’, फिल्म निकट स्रोतले भनेको छ ।

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : ४३ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय