१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

निकुञ्जका संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान



चितवन । चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ । निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको छ । पुराना २० वटा क्यामेरा मर्मत गर्न लागिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कसरादेखि सौराहासम्मका क्षेत्रमा राखिएका १० वटा क्यामेरा मर्मतको काम भइरहेको छ । कसरादेखि ध्रूर्वसम्म ११ वटा क्यामेरा नयाँ जडान र तीन वटा पुराना क्यामेरा मर्मतको काम भइरहेको उनले जानकारी दिए । ध्रूर्वदेखि भिम्लेसम्मका सात वटा क्यामेरा मर्मतका गर्नुपर्ने उनको भनाइ छ ।

तिवारीका अनुसार चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका क्षेत्रलाई उच्च प्राथमिकता दिँदै काम गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा थप तथा मर्मत गर्न लागिएका ती क्यामेरा संवेदशीलताअनुसार एक स्थानमा दुई वटासम्म राखिने छ । निकुञ्जभित्र गर्ने काम भएकाले निकुञ्जले समन्वय र सहजीकरणको काम गर्ने गरेको भन्दै उनले एक साताभित्र पुराना मर्मत र नयाँ जडानको काम सकिने बताए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको वन्यजन्तु अपराध नियन्त्रण शाखाको समन्वयमा क्यामेरा जडान तथा मर्मतको काम गरिएको हो । निकुञ्जले एक जना कर्मचारी र आवश्यक सहयोग मात्रै गरेको हो । उनले भने, “अहिले क्यामेरा मर्मत र तार जडानको काम भइरहेको छ । अझै केही क्यामेरा मर्मत हुन बाँकी छ ।” क्यामेरा मर्मत भएसँगै निकुञ्जका संवेदनशील स्थान सबै समेट्न सकिने उहाँले जानकारी दिए ।

चालू आवमा दुईवटा गैँडा चोरी शिकारीले मारेसँगै निकुञ्ज र वन्यजन्तुको संरक्षणका लागि क्यामेरा जडानको काम सुरु गरिएको हो । ती क्यामेराको नियमित अनुगमन निकुञ्जले गरिरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ३ : ०४ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक