८ पुस २०८२, मंगलबार | December 23, 2025

विश्व इतिहासमा आजः म्यानमारकी प्रजातन्त्रवादी नेतृआङ सान सुकीलाइ नजरबन्ददेखि राष्ट्रसंघका पहिलो महासचिव



काठमाडौं । आज १ फेब्रुवरी सन् २०२२ । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही वैज्ञानिक तथा राजनीति घटनाक्रमः

१५ वर्ष निर्वासनपछि इरानका नेताको स्वदेश फिर्ती

करिब १५ वर्ष लामो निर्वासनपछि सन् १९७९ को १ फेब्रुवरीमा आयोतोल्लाह खोमेनी इरान फर्किएका थिए । उनी स्वदेश फर्किएपछि इरानमा १० दिनसम्म खुसीशाली मनाइएको थियो । राजनीतिक, धार्मिक, क्रान्तिकारी र दार्शनिक नेता खोमेनीको स्वदेश फर्किने क्रममा लाखौं मानिसले स्वागत गरेका थिए । निर्वासनका समयमा उनी इराकमा थिए ।

म्यानमारमा निर्वाचित सरकार अपदस्थ

सन् २०२१ को १ फेब्रवरीमा म्यानमारको सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेको थियो । अपदस्थपछि सेनाले प्रजातन्त्रबादी नेतृ आङ सान सुकीलाई घरमै नजरबन्दमा राखेको थियो । नजरबन्दमा राखेपछि नेतृ सुकीमाथि सेनाको जुन्ता सरकारले विभिन्न आरोप लगाउँदै आएको छ । केही साताअघि मात्र त्यहाँको सैनिक अदालतले सुकीलाई चार वर्ष जेल सजाय सुनाएको थियो । केही दिनपछि सरकारले आधा सजाय मिनाह गरेको घोषणा गरेको थियो । उनीविरुद्धको अन्य मुद्दामा पनि अदालतमा सुनुवाई भइरहेका छन् ।

राष्ट्रसंघको पहिलो महासचिव

सन् १९४६ मा नर्वेका ट्रिग्भे ली राष्ट्रसंघको पहिलो महासचिवमा निर्वाचित भएका थिए । उनी १० नोभेम्बर १९५२ सम्म रष्ट्र संघका महासचिव थिए।

स्पेस सटल दुर्घटनाग्रस्त

सन् २००३ मा अमेरिकाको मावनसहितको अन्तरिक्ष यान द स्पेस सटल दुर्घटनामा परेको थियो । अमेरिकी अन्तरिक्ष कार्यक्रमअन्तर्गतको सो यान १ जनवरीमा वायुमन्डलमा पुनः प्रवेश गर्ने क्रममा खस्दा त्यहाँ सवार सातै जना कारिन्दाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ७ : २५ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक