१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

तनावपूर्ण मैत्रीपूर्ण खेल: मौरिससमाथि नेपालको लगातार दोस्रो जित



काठमाडौं । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा मौरिससमाथि जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा सिमित मौरिससमाथि १-० को जित निकालेको हो ।

नेपालको जितमा सुजल श्रेष्ठले एकमात्र निर्णायक गोल गरे । खेलको १० औं मिनेटमा पूजन उपरकोटिले बक्स भित्रबाट गरेको ब्याक फ्लिकलाई सुजलले वान टचमै गोल गरेका हुन् । सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए ।

खेलको १२ औँ मिनेटमा नै मौरिससले खेल बराबरी गर्ने अवसर पाएको थियो । पेनाल्टी बक्समा दिनेश राजवंशीले कप्तान एन्डी सोफीलाई फउल गर्न पुगेपछि रेफ्री नविन्द्र महर्जनले मौरिससलाई पेनाल्टी प्रदान गरेको थियो । तर कप्तान एन्डी सोफीले प्रहार गरेकाे पेनाल्टीलाई नेपाली गोलरक्षक किरण चेमजोंगले बचाउन सफल भए ।

मैत्रीपूर्ण भएपनि खेलको अन्त्यतिर तनावपूर्ण स्थिती पैदा भएको थियो । नेपालका एक जना खेलाडी र एक अफिसियलले रातो कार्ड पाउँदा मौरिससका २ खेलाडी रातो कार्डका कारण मैदान छाडेका थिए । खेलमा खेलाडीमाथि पहेँलो कार्डको पनि वर्षा भएको थियो ।

खेलमा अफ्रिकन राष्ट्र मौरिसस शारीरिक रुपमा बलियो देखिएको थियो । सोहीअनुुसार उसले राम्रा मौकासमेत सृजना गरेको थियो । यद्यपि मौरिसस फिनिसिङमा चुकेको थियो । खेलमा थपिएको इञ्युरी समय रंगशालाको लाइट कम भएका कारण केहीसमय रोकिएको पनि थियो ।

नेपालले पहिलो खेलमा १-० को जित निकालेको थियो । उक्त खेलमा बिमल घर्तीमगरले गोल गरेका थिए ।

शनिबार र मंगलबारका दुवै खेलमा कोरोना महामारीका कारण एक तिहाइ दर्शकलाई मात्र रंगशाला प्रवेशको अनुमति दिइएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ७ : ०९ बजे

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा