२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

तनावपूर्ण मैत्रीपूर्ण खेल: मौरिससमाथि नेपालको लगातार दोस्रो जित



काठमाडौं । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा मौरिससमाथि जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा सिमित मौरिससमाथि १-० को जित निकालेको हो ।

नेपालको जितमा सुजल श्रेष्ठले एकमात्र निर्णायक गोल गरे । खेलको १० औं मिनेटमा पूजन उपरकोटिले बक्स भित्रबाट गरेको ब्याक फ्लिकलाई सुजलले वान टचमै गोल गरेका हुन् । सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए ।

खेलको १२ औँ मिनेटमा नै मौरिससले खेल बराबरी गर्ने अवसर पाएको थियो । पेनाल्टी बक्समा दिनेश राजवंशीले कप्तान एन्डी सोफीलाई फउल गर्न पुगेपछि रेफ्री नविन्द्र महर्जनले मौरिससलाई पेनाल्टी प्रदान गरेको थियो । तर कप्तान एन्डी सोफीले प्रहार गरेकाे पेनाल्टीलाई नेपाली गोलरक्षक किरण चेमजोंगले बचाउन सफल भए ।

मैत्रीपूर्ण भएपनि खेलको अन्त्यतिर तनावपूर्ण स्थिती पैदा भएको थियो । नेपालका एक जना खेलाडी र एक अफिसियलले रातो कार्ड पाउँदा मौरिससका २ खेलाडी रातो कार्डका कारण मैदान छाडेका थिए । खेलमा खेलाडीमाथि पहेँलो कार्डको पनि वर्षा भएको थियो ।

खेलमा अफ्रिकन राष्ट्र मौरिसस शारीरिक रुपमा बलियो देखिएको थियो । सोहीअनुुसार उसले राम्रा मौकासमेत सृजना गरेको थियो । यद्यपि मौरिसस फिनिसिङमा चुकेको थियो । खेलमा थपिएको इञ्युरी समय रंगशालाको लाइट कम भएका कारण केहीसमय रोकिएको पनि थियो ।

नेपालले पहिलो खेलमा १-० को जित निकालेको थियो । उक्त खेलमा बिमल घर्तीमगरले गोल गरेका थिए ।

शनिबार र मंगलबारका दुवै खेलमा कोरोना महामारीका कारण एक तिहाइ दर्शकलाई मात्र रंगशाला प्रवेशको अनुमति दिइएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ७ : ०९ बजे

धुर्मुस–सुन्तली फाउण्डेशनको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि

एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

गुल्मी । यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन

एनसेलको लापरबाहीविरुद्ध राष्ट्रिय युवा संघको आक्रोश, बुटवल अफिसमा तालाबन्दी

बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले एनसेल

भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुशासनका