१६ माघ २०८२, शुक्रबार | January 30, 2026

ओमिक्रोनबाट जुम्लामा कोही पनि गम्भीर अवस्थामा पुगेका छैनन् : स्वास्थ्यकर्मी



जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मीहरूका अनुसार कोरोना महामारीकाे तेस्राे भेरियन्ट ‌ओमिक्राेन संक्रमणकै कारण गम्भीर बनेर अस्पतालमा काेही पनि आएका छैनन् । महामारीकाे पहिलाे र दोस्रो लहरमा जस्ताे तेस्राे लहरकाे संक्रमणमा कसैले पनि ज्यान गुमाउनु परेकाे छैन ।

प्रतिष्ठानका अनुसार यसपटक धेरै बिरामी होम आइसाेलेशनमै बसेका र थाेरै मात्रामा अस्पतालमा भर्ना भएका छन् । प्रतिष्ठानका आइसाेलेशन विभाग प्रमुख सृजना महतले यसपटक अस्पतालमा भर्ना भएका बिरामीमा पनि गम्भीर समस्या नभएकाे बताइन् । गम्भीर बिरामी नभए पनि समुदायमा व्यापक रुपमा फैलिएको हुनसक्ने उनकाे अनुमान छ ।

यसपटक परीक्षण पनि कम भएको देखिन्छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार तेस्राे लहरमा मंगलबारसम्म जुम्लामा एक सय ३१ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । जसमध्ये तीन जना अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् । मंगरबारसम्म गरिएको परीक्षणमा एन्टिजन परीक्षण गर्दा थप पाँच जनामा कोरोना संक्रमण देखिएकाे थियाे । यसमध्ये ३८ जना निकाे भएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

प्रभावकारी सूचना प्रणाली

स्थानीय प्रशासनले पछिल्लो पटक सूचना प्रणालीलाई प्रभावकारी बनाएको छ । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईका अनुसार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत दैनिक कारोनाको अवस्था दैनिक अपडेट गरिरहेको अवस्था छ । यो पटकको भेरियन्टमा समुदायमा कोरोना भए पनि खासै कठिन अवस्थाका बिरामी आएका छैनन् ।

ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई भने अलि बढी असर गरेकाले उनीहरू भने अस्पतालमै उपचार गर्न आउने गरेका प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरूले पछिल्लो समय खोप अभियानलाई तीव्र पार्नुका साथै कोरोना परीक्षण गर्ने शंकास्मत व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय अगाडि हेल्पडेक्स स्थापना गरेर खोप, एन्टिजन परीक्षण तथा मास्क वितरण समेत भइरहेको छ । पछिल्लो समय १२ देखि १७ बर्षका बालबालिकालाई पनि खोप लगाउने अभियान जारी रहेको छ ।

तेस्रो भेरियन्टको कोरोनामा भने निकै कठिन विरामी आउने र धैरैले ज्यान गुमाएपछि कर्णाली प्रतिष्ठानलाई उपचारमा हम्मे हम्मे भएको थियो । प्रतिष्ठानका अनुसार कोरोनको दोस्रो भेरियन्टमा २७ जनाको निधन भएको थियो । तर, प्रतिष्ठानले सहजकता भने अपनाएको बताएको छ । आइसाेलेशन वार्डलाई फेरि सुचारू गरेको छ । यस्तै कोरोना न्यूनिकरण गर्न प्रतिष्ठानमा सोही अनुसारको जनशक्ति खटाएको जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  २ : ४४ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य