२९ मंसिर २०८२, सोमबार | December 15, 2025

यातायातमन्त्री रेणुकुमारी यादवलाई मानवअधिकार आयोगको निर्देशन : हिंसात्मक अभिव्यक्ति नदिनू



काठमाडौं . राष्ट्रिय मानवअधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई हिंसा बढाउने र सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिन निर्देशन दिएको छ । बिहीबार आयोगले यादवलाई कार्यालयमा बोलाएर सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिन निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘आयोगका माननीय अध्यक्ष तथा सदस्यहरूले राज्यको मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्याउन मन्त्री यादवलाई निर्देशन दिनुभयो।’

माघ ५ गते रौतहटको गौरमा आयोजना गरिएको सभामा भौतिक पूर्वाधारमन्त्री यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी थिइन् ।मन्त्री यादवले दिएको अभिव्यक्तिबारे छलफल गर्नका लागि आयोगले केन्द्रीय कार्यालयमा बोलाएको थियो । त्यसपछि आयोगका पदाधिकारीले त्यस्तो खालका अभिव्यक्ति नदोहोर्‍याउन निर्देशन दिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : १२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती